• होमपेज
  • अर्थ/वाणिज्य
  • महालक्ष्मी विकास बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर

महालक्ष्मी विकास बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर

  • मङ्लबार, अशोज २, २०७५
महालक्ष्मी विकास बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर

महालक्ष्मी विकास बैंक लि. ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको मसुरीया शाखा कार्यालयले मसुरीया स्वास्थ्य चौकीद्वारा आयोजित निशुल्क स्वास्थ्य शिविरमा निशुल्क औषधी वितरण गरेको छ ।

शिविरमा नवजात शिशु तथा बाल रोग, स्त्री तथा प्रसुती रोग, नाक कान तथा घाँटी रोग लगायत जनरल सर्जन सेवा प्रदान गरिएको थियो । करिब एक हजार तीन सय छयालिस जनाले निशुल्क स्वास्थ्य जाँच गराएका सो शिविरमा बैंकको मसुरीया शाखाले निशुल्क आवश्यक औषधी उपलब्ध गराएको थियो ।

बैंकको बानेश्वर शाखाले भने दोलखा जिल्ला गौरीशंकर गाँउपालिका वडा नं २ का रक्तक्यान्सर पीडित बालक विश्वास कार्कीलाई आर्थिक सहयोग गरेको छ ।

कार्की परिवारको आर्थिक स्थिति निकै नै कमजोर भएको र उपचारका लागि ठूलो रकम लाग्ने भएकाले, उपचारका क्रममा सहयोग गर्ने हेतुले शिभिल अस्पतालमा उपचाररत ८ वर्षीय ती बालकका लागि बैंकको बानेश्वर शाखाका शाखा प्रबन्धकले नगद रु १०,०००÷– (अक्षरेपि रु. दश हजार मात्र) को चेक लगागत फलफुल सामग्री बालकको बाबु चेत बहादुर कार्कीलाई हस्तान्तरण गरेका थिए ।

पीडित बालकका पिता कार्कीले छोराको उपचारार्थ सहयोग गरेकोमा बैंकलाई धन्यवाद ज्ञापन गर्दै इच्छुक सबैसँग सहयोगका लागि अपिल गरेका छन् ।

बैंकले वित्तीय कारोबारसँगै आफ्नो कार्यक्षेत्र आसपासका विद्यालय, अशक्त, विरामी, गरिब तथा जेहेन्दार विद्यार्थीलाई आगामी दिनहरुमा पनि यस्ता खाले सहयोग गर्ने प्रतिबद्घता जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा