• होमपेज
  • कृषि
  • जोमसेमको स्याउ गोदाममै थन्कियो

जोमसेमको स्याउ गोदाममै थन्कियो

  • मङ्लबार, अशोज २, २०७५
जोमसेमको स्याउ गोदाममै थन्कियो

जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेपछि स्याउ ढुवानीमा समस्या भएको छ ।

भौगोलिक प्रतिकूलता, निरन्तरको वर्षा र कटानका कारण अघिल्लो हप्तादेखि अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालनमा ढिलाइ हुँदा बगैँचाबाट टिपेर बजार पठाउन ठिक्क पारिएको स्याउ गोदाममै कुहिन थालेको छ । झण्डै ७६ किलोमिटर लामो बेनी–जोमसोम सडक दर्जनौँ ठाउँमा पहिरो, कटान र बाढीका कारण अवरुद्ध छ ।

यहाँका किसानले बगैँचाबाट टिपेको स्याउ ढुवानी गर्न सकेका छैनन् । स्याउ बजारमा पुर्याउन नसक्दा गोदाममै कुहिन थालेको व्यापारी तथा किसानले बताएका छन् ।

म्याग्दी, पर्वत, बागलुङ, पोखरा, धादिङ, काठमाडाँै, चितवनलगायतका जिल्लाबाट आएर व्यापारीले बगैँचामा आएर बोटबाटै स्याउ खरिद गर्ने गरेका छन् । “ढुवानी समस्याका कारण स्याउ कुहिन थालेको छ,” थासाङ गाउँपालिका–१ टुकुचेका हरि थकालीले भन्नुभयो ।

जिल्लाको कोवाङ, टुकुचे, मार्फा, जोमसोम, कागबेनी, मुक्तिनाथ र छुसाङको एक हजार ११५ हेक्टर क्षेत्रफलमा रेड, रोयल, रिचारेड तथा गोल्डेर फुजी डेलीसियस जातको स्याउखेती गरिँदै आएको छ ।

वार्षिक पाँच हजार मेट्रिक टनको हाराहारीमा स्याउ उत्पादन हुन्छ । जिल्लाबाट अघिल्लो वर्ष करीब रु २५ करोड मूल्य बराबरको स्याउ बिक्री भएको थियो । विगत वर्षमा भदौमै आधाभन्दा बढी स्याउ बजारमा पुगिसक्दथ्यो । यसपालि एक चौथाइ पनि बिक्री हुन नसकेको घरपझोङ गाउँपालिकाको कृषि शाखाका प्रमुख बिमल खड्काले बताउनुभयो ।

राहुघाट, रुप्से, काभ्रे, बादरजुङ र लेते क्षेत्रको अक्करे भीरको फेदीमा पहिरोले सडक भत्काएको छ । त्यहाँ नदीले कटान गर्दा बेनी–जोमसोम सडकमा सवारीसाधन चल्ने सकेका छैनन् ।

स्थानीयवासी, पर्यटक र तिर्थयात्री समस्यामा छन् । सडक खुलाउने प्रयास भइरहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका इञ्जिनीयर प्रदीप निरौलाले बताउनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि