प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लि.र नेपाल बैंक लि. बिच बैंकासोरेन्स सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराई र नेपाल बैंक लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता पश्चात प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लि. ले जारी गर्ने विभिन्न जीवन बीमा योजनाहरु नेपाल बैंक लि. को देशभर रहेका शाखा कार्यालयहरुबाट उपलब्ध हुनेछन् ।
हाल प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लि. को चुक्ता पूंजी रु. १ अर्व ७८ करोड, जिवन बीमा कोष रm. ६ अर्व ५३ करोड, कुल प्रिमियम रm.१२ अर्व १९ करोड तथा देशभरका १३५ स्थानवाट सेवा प्रदान गरिरहेको छ ।