• होमपेज
  • अर्थ/वाणिज्य
  • माछापुच्छ्रे बैंकको माछापुच्छ्रे महोत्सव

माछापुच्छ्रे बैंकको माछापुच्छ्रे महोत्सव

  • सोमवार, अशोज १, २०७५
माछापुच्छ्रे बैंकको माछापुच्छ्रे महोत्सव

माछापुच्छ्रे बैंक लिमिटेडले बैंकिङ्ग कारोबार शुरु गरेकोे १८ वर्ष पुरा गरी १९ आंै बर्षमा प्रवेश गर्न लागेको उपलक्ष्यमा आश्विन महिना भरी आफ्नो सम्पूर्ण शाखाहरुमा माछापुच्छ्रे महोत्सव सञ्चालन गरिरहेको छ ।

१८औं वार्षिकोत्सवको उपलक्ष्यमा माछापुच्छ्रे बंैकका सम्पुर्ण शाखाले ग्राहकलाई भिन्न किसिमको बैंकिङ्ग अनुभुती गराउने बताएको छ ।

साथै, यस महोत्सवलाई मध्यनजर गर्दै ग्राहकहरुलाई निःशुल्क डेबिट कार्ड÷इन्स्टयान्ट कार्ड, निःशुल्क डिम्याट खाता, वार्षिक लकर शुल्क र माछापुच्छ्रे मोबाइल मनी जारी शुल्कमा ५०% छुट, माछापुच्छ्रे क्रेडिट कार्डमा ५०% छुट र रिटेल कर्जा सेवा शुल्कमा ०.१८% छुट लगायत विभिन्न सरप्राइज गिफ्टहरु पनि प्रदान गर्ने बैंकले बताएको छ ।

बैंकले उक्त महोत्सव आश्विन महिना भरी जारी रहने बताएको छ । बैंकले सर्वसाधारणहरुलाई बैंकको नजिकको शाखामा गई महोत्सवमा सहभागी हुन तथा विशेष सुविधाहरुको लाभ लिन आव्हान गरेको छ ।

पोखराबाट २०५७ सालमा बैंकिङ्ग कारोवार शुरु गरेको यस बैकले हाल ८६ वटा शाखा कार्यालय, २ वटा एक्स्टेन्सन काउण्टर, २८ वटा शाखा रहित सेवा लगायत ९९ वटा ए.टि.एम.बाट देश भरीका ५ लाख ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार