• होमपेज
  • अर्थ/वाणिज्य
  • घर र गाडीको सपना पुरा गर्दै एनआईसी बैंक

घर र गाडीको सपना पुरा गर्दै एनआईसी बैंक

  • मङ्लबार, भदौ २६, २०७५
घर र गाडीको सपना पुरा गर्दै एनआईसी बैंक

“बैक पनि, साथीपनि, राम्रो पनि, हाम्रो पनि” भन्ने मुल नाराका साथ आम जन मानसमा केन्द्रित बैैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको नेपालकै सबैभन्दा ठुलो बैंक एनआई सी एशिया बैंकले चमत्कारिक विशेषताहरु भएका दुई नयाँ कर्जा योजनाहरु “चमत्कारिक सवारी कर्जा र चमत्कारिक घर जग्गा कर्जा” सार्वजनिक गरेको छ ।

यस कर्जा योजनाहरु ग्राहक महानुभावहरुको आवश्यकता र सन्तुष्टीलाई ध्यानमा राख्दै सवैको लागी अझबढी सहज, सवल, गतिशिल, विश्वसनिय र उत्तरदायि बैंक बन्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको हो ।

चमत्कारिक सवारी कर्जा
“एनआई सी एशियाको साँच्चै चमत्कार अब गर्नुहोस् आफ्नो सपना साकार” भन्ने नाराका साथ चमत्कारिक सवारी कर्जा सार्वजनिक गरेको छ । यस योजनाबाट नयाँ गाडी लिन वा पुरानो सवारी साधन साट्न चाहने सम्पूर्ण ग्राहक महानुभावहरुले समेत चमत्कारिक लाभ उढाउन सक्नुहुनेछ ।

तुरुन्तै कर्जा स्वीकृति हुने यस कजामा अधिकतम १५ बर्षसम्मको कर्जा भुक्तानी अवधि रहेको यो कर्जा योजना न्यूनमासिक किस्ता (सवारीको मुल्यअनुसार मासिक रु ११,००० बाट नै किस्ता रकम सुरु हुने ), आंशिक अथवा पूर्ण रुपमा बिना कुनै शुल्क पूर्व भुक्तानी गरी आफ्नो इच्छा अनुसार मासिक किस्ता र भुक्तानी अवधि परिवर्तन गर्न सकिने, मासिक ब्याजदर ०.९%, प्रशासनिक सेवा शुल्कमा विशेष छुटका साथै घर जग्गा र सवारी दुवै कर्जा लिने ग्राहकहरुलाई विशेष छुटको ब्यवस्था रहेको छ ।

चमत्कारिक घर जग्गाकर्जा
“एनआई सी एशियाको साँच्चै चमत्कार, अब गर्नुहोस् आफ्नो सपना साकार”भन्ने नाराका साथ एनआई सी एशिया बैंक ले चमत्कारिक घर जग्गा कर्जा सार्वजनिक गरेको छ ।

आफ्नो आम्दानी अनुसार आफै मासीक किस्तानिर्धारण गरी अधिकतम ५० वर्षसम्मको कर्जा भुक्तानी अवधि रहेको यस कर्जा योजनामा आंशिक अथवा पूर्ण रुपमा विना कुनै शुल्क पूर्व भुक्तानी गरी आफ्नो इच्छा अनुसार मासिक किस्ता र भुक्तानी अवधि कायम गर्न सकिने छ ।

कर्जा रकम घटाई नयाँ किस्ता र भुक्तानी अवधि कायम गर्न सकिने यो योजनामा मासिक ब्याजदर ०.९% मात्र रहेको छ भने प्रशासनिक सेवा शुल्कमा विशेष छुट दिएको छ । यस कर्जा योजनामा आधार दरमा भएको परिवर्तन अनुसार मात्र ब्याजदर परिमार्जन हुने बैंकले बताएको छ ।

दुवै चमत्कारिक कर्जा योजनाहरु बैंकको आफ्नो मुलुकभरी रहेको २४४ वटै शाखा कार्यालयहरुबाट आदरणीय ग्राहक महानुभावहरुलाई आफुले चाहेको गाडी तथा घरजग्गा बिना झन्झट, न्यूनतम ब्याजदर तथा न्युनतम किस्ता रकममा उपलब्ध गराउने छ । यो योजनाबाट आदरणीय ग्राहक महानुभावहरु अधिकतम लाभान्वित हुने देखिन्छ ।

साथै ग्राहक महानुभावहरुको क्रयशक्ति अझ मजबुत बनाई गाडी चढ्ने तथा आफ्नो निजी घरमा बस्ने सपना यस योजनाले सजिलै पुरा गर्ने देखिन्छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २४४ शाखा कार्यालयहरु, २३८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू.१८८अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १५९अर्ब तथा कर्जारू. १३२ अर्ब पुगि निजीक्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्याकरिब १२ लाखभन्दा बढि रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार