• होमपेज
  • बैंकिङ्ग
  • नवनियुक्त अध्यक्ष झालाई पद तथा गोपनियताको सपथ

नवनियुक्त अध्यक्ष झालाई पद तथा गोपनियताको सपथ

  • आइतवार, भदौ २४, २०७५
नवनियुक्त अध्यक्ष झालाई पद तथा गोपनियताको सपथ

सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपाल दूरसञ्चार प्राधिकरणमा नव नियुक्त अध्यक्ष दिगम्बर झालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् । आइतबार सिंहदरबारस्थित सञ्चार मन्त्रालयको सभा हलमा सपथ ग्रहण गराएका थिए ।

मन्त्रीपरिषद्ले असार २० गते गत वर्षको भदौ १४ पछि भएका सबै राजनीतिक नियुक्त खारेज गरेको थियो । लामो समयदेखि प्राधिकरणमा अध्यक्ष विहिन भएपछि सरकारले नयाँ अध्यक्ष नियुक्तीका लागि सार्वजनिक सूचना प्रकाशन गरेको थियो उक्त सूचनामा १५ जनाले अध्यक्षपदका लागि आवेदन दिएका थिए ।

१५ जना आवेदनमध्ये मन्त्रालयले पर्वसचिव शुशिल घिमिरे, पुरोक्तम खनाल र दिगम्बर झाको नाम मन्त्रिपरिषदमा पठाएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार