एनसीसी बैंक र एनएलजी इन्स्योरेन्स कम्पनीबीच नन–लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्नेसम्झौता भएको छ ।
सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयबाट एनएलजी इन्स्योरेन्स कम्पनीको पोलिसी बिक्री हुनेछ ।
सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र एनएलजी इन्स्योरेन्स कम्पनका तर्फबाट कामु. प्रमुख कार्यकारी अधिकृत सुनील बल्लभ पन्तले संयुक्त रुपमा हस्ताक्षर गर्नुभयो ।