• होमपेज
  • बीमा
  • यूनियन लाईफ इन्स्योरेन्स र गरिमा विकास बैंकबीच सम्झौता

यूनियन लाईफ इन्स्योरेन्स र गरिमा विकास बैंकबीच सम्झौता

  • सोमवार, भदौ १८, २०७५
यूनियन लाईफ इन्स्योरेन्स र गरिमा विकास बैंकबीच सम्झौता

गरिमा विकास बैंक लिमिटेड र यूनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकान्स्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

आईतबार आयोजित एक कार्यक्रमका बीच सो सम्बन्धी समझदारीपत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र यूनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमूख कार्यकारी अधिकृत मनोज कूमार लाल कर्णले हस्ताक्षर गरेका छन् ।

सो सम्झौतापश्चात गरिमा विकास बैंकका ग्राहकहरुले बैंकका सम्पुर्ण ६० वटा शाखा कार्यालयबाट यूनियन लाईफ इन्स्योरेन्स कम्पनीले प्रदान गर्ने जीवन बीमा सम्बन्धी सेवाहरु प्राप्तगर्न सक्नेछन् ।

Facebook Comments

सम्बन्धित समाचार