• होमपेज
  • फिचर
  • वाणिज्य बैंकहरूको चुक्ता पूँजी १६ अर्ब

वाणिज्य बैंकहरूको चुक्ता पूँजी १६ अर्ब

  • सोमवार, भदौ १८, २०७५
वाणिज्य बैंकहरूको चुक्ता पूँजी १६ अर्ब

सरकार र निजी क्षेत्रका उद्योगपतिहरूको लगानीमा २० अर्ब पूँजी भएको पूर्वाधार विकास बैंक स्थापना भएको अन्तिम तयारी भइरहेको बेला नेपालका २८ वाणिज्य बैंकहरूको पूँजी १६ अर्ब पुर्याउने भित्री तयारी भइरहेको खुलासा भएको छ ।

अर्थमन्त्रालय स्रोतले दिएको जानकारी अनुसार नेपालमा बैंक र वित्तीय क्षेत्र अझै बढी भएको निश्कर्ष निकाल्दै २८ वाणिज्य बैंकको चुक्ता पूँजी १६ अर्ब गरी बैंक घटाउने भित्री तयारी भएको छ । मर्जर गरी २८ वटाबाट १४ मा लैजाने कसरत भइरहेको बुझिएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्र बैंकका गर्भनर डा. चिरजीवी नेपाललाई बोलाएर तत्कालै सार्वजनिक गर्न निर्देशन दिएको स्रोतको दाबी छ । वाणिज्य बैंकहरूको पूँजी बृद्धि गर्ने योजना पनि तत्कालीन राष्ट्र बैंकका गर्भनर डा. युवराज खतिवडाले नै सार्वजनिक गरेका थिए । हाल उनी अर्थमन्त्री छन् ।

केही वाणिज्य बैंकहरूले अझै ८ अर्ब पूँजी पुर्याएका छैनन् । कुमारी बैंक, एनएमबी बैंक, बैंक अफ काठमाण्डू, हिमालयन बैंकले ८ अर्ब चुक्ता पूँजी अझै पुर्याउन नसकेको बेला फेरि १६ अर्ब चुक्ता पूँजी पुर्याउन दिर्नेशन आए बिग मर्जर बाहेक अरू विकल्प देखिँदैन । यदि बिग मर्जर नै भए वाणिज्य बैंकहरूको संख्या आधा हुने विश्लेषण अर्थमन्त्री डा. खतिवडाको रहेको देखिन्छ ।

नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरनजीवी नेपालकै कार्यकालमा वाणिज्य बैंकहरूको पूँजी ८ अर्बबाट १६ अर्ब पुर्याउने बारे डिपुटी गर्भनरहरू र राष्ट्र बैंकको बोर्ड सदस्यहरू सकरात्मक रहेको स्रोतको दाबी छ ।

पाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. तिलक रावलले राजतिलक साप्ताहिकसँग भने, ‘नेपालका वाणिज्य बैंकहरू संख्यामा धेरै भए पनि ठूला परियोजनामा लगानी गर्न अझै पनि सक्षम छैनन् ।

त्यस्तै नेपाल विश्व ब्यापार संगठनको सदस्य राष्ट्र भइसकेको अवस्थामा विदेशी ठूला बैंकलाई पनि नेपालमा शाखा खोल्न अनुमति प्रदान भइसकेको छ । उनीहरूले कुनै पनि बेला नेपालमा शाखा संचालन गर्न सक्ने भएकाले नेपालका बैंकहरूलाई यस्ता ठूला विदेशी बैंकसँग प्रतिस्पर्धामा जान सक्ने अवस्थामा पुर्याउनका लागि बिग मर्जरमा जानु आवश्यक रहेको छ ।’

राष्ट्र बैंकले पुँजी वृद्धिको विषयलाई टुंगोमा पुर्याएर मात्रै अन्य योजनाहरू ल्याउने जनाएको छ । फोर्स मर्जरको विषयमा बैंकहरूले अहिले पनि मर्जरको लागि छलफल भने गरिरहेका छन् ।

केही बैंक र विकास बैंकहरूले पूँजी वृद्धि हुने संकेत पाएपछि मर्जर र बैंक किन्ने तयारी सुरु गरेका छन् । एभरेष्ट बैंक र लक्ष्मी बैंकबीच बिग मर्जरको तयारी अन्तिम रूपमा पुगेको स्रोतको दाबी छ भने प्राइम बैंकले ओम बैंक किन्ने सम्झौता समेत गरेको छ ।

ठूला बैंक नबिल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले पूँजी वृद्धि गर्ने भित्री तयारी सुरु गरेका छन् । यी सबै हेर्दा निकट भविष्यमै बिग मर्जर गरी वाणिज्य बैंकहरूको पूँजी १६ अर्ब पुर्याउने प्रस्टै देखिन्छ ।

पूँजी वृद्धिदर भए ठूला लगानीमा एक वा दुई बैंक मिली लगानी गर्न सक्ने वातावरण बन्ने छ । एउटा जलविद्युत्को प्रोजेक्टमा ८/९ वटा बैंकले मिली लगानी गर्दा समेत रकम अभाव हुने भएपछि बैंकहरू भित्री रूपमा पूँजी वृद्धिकै पक्षमा रहेको देखिन्छ । राजतिलक साप्ताहिक

Facebook Comments

सम्बन्धित समाचार