• होमपेज
  • बीमा
  • नेशनल इन्स्योरेन्स कम्पनीको मुनाफा करिब १७ करोड

नेशनल इन्स्योरेन्स कम्पनीको मुनाफा करिब १७ करोड

  • आइतवार, भदौ १७, २०७५
नेशनल इन्स्योरेन्स कम्पनीको मुनाफा करिब १७ करोड

निजि क्षेत्रको निर्जीवन बीमा कम्पनी नेशनल इन्स्योरेन्स कम्पनीेले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमास सम्ममा आईपुग्दा खुद मुनाफा १६ करोड ६१ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ३५ दशमलव २९ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले २५ करोड ६७ लाख रुपैयाँ कमाएको थियो ।

कम्पनीको जगेडा तथा कोषमा ३९ करोेड २५ लाख रुपैयाँ नेगेटिभमा राखिएको भने बीमा कोषमा ९८ करोड ९८ लाख रुपैयाँ राखिएको छ । यसको आम्दानी ३४ दशमलव २१ प्रतिशतले घटेर १८ करोड ९२ लाख रुपैयाँ पुगेको छ भने खर्च २५ दशमलव २३ प्रतिशतले घटेर २ करोड ३१ लाख रुपैयाँ रहेको छ ।

कम्पनीले यस अबधीमा बीमा शुल्क (खुद) ८७ करोड ७३ लाख रुपैयाँ आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ५६ करोड ९० लाख रुपैयाँ बीमा शुल्क (खुद) आर्जन गरेको थियो ।

कम्पनीले यस अबधीमा ६४ करोड ७३ लाख रुपैयाँ बराबरको भुक्तानी दाबी (खुद) गरेको छ भने गत आव वर्षको सोहि अवधिमा ५५ करोड ३१ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीले यस अबधीमा ३१ हजार ८ सय ३७ वटा (संख्या) बीमा लेख जारी गरेको छ भने जुन गत वर्षको सोहि अवधिमा भन्दा बढी हो । कम्पनीले यस अबधीमा २ हजार ४ सय ३७ वटा (संख्या) भुक्तानी दाबी गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार