• होमपेज
  • बजार
  • ७८ पैसाले बढ्यो अमेरिकी डलर

७८ पैसाले बढ्यो अमेरिकी डलर

  • बिहिबार, भदौ १४, २०७५
७८ पैसाले बढ्यो अमेरिकी डलर

अमेरिकी डलरको भाउ एकै दिन ७८ पैसाले बढेको छ । नेपाल राष्ट्र बैंकले एक डलरको भाउ ११३ रुपैयाँ २५ पैसा तोकेको छ । अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढेका कारण भाउ अझै बढ्ने अनुमान गरिएको छ ।

डलरको भाउ बढ्दा एकातिर रेमिट्यान्स काय बढ्न जान्छ भने निर्यात व्यापारलाई राहत मिल्नेछ । तर, नेपालमा निर्यातभन्दा बढी आयात हुने हुँदा विदेशी मुद्रा तिरेर कन्नुपर्ने वस्तु तथा सेवा महँगो पर्न जान्छ । विदेशबाट कच्चा पद्धार्थ ल्याएर उत्पादन गर्ने उद्योगहरुको लागत बढ्ने हुँदा उत्पादित सामान पनि महँगो हुन्छ ।

डलरको मूल्य वृद्धिका कारण सरकार लाई विदेशी ऋण र सावाँ भुक्तानीमा अतिरिक्त भार पर्न जान्छ । त्यस्तै, विदेशमा खर्च हुने काम जस्तै, पढाई, उपचार, भ्रमण लगायतको शिलशिलामा जानेहरुका लागि पनि समस्या आइपर्छ ।

Facebook Comments

सम्बन्धित समाचार