• होमपेज
  • अर्थ/वाणिज्य
  • मेगा बैंकबाट १२ हजार ९९९ मासिक किस्तामै गाडी

मेगा बैंकबाट १२ हजार ९९९ मासिक किस्तामै गाडी

  • मङ्लबार, भदौ १२, २०७५
मेगा बैंकबाट १२ हजार ९९९ मासिक किस्तामै गाडी

मेगा बैंक नेपाल लिमिटेड र पायनियर मोटोकर्प प्राइभेट लिमिटेडबीच डाटसन र निशान कम्पनीका गाडीका लागि १० बर्षे अटो लोन प्रदान गर्ने सम्झौता भएको छ ।

मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र पायनियर मोटो कर्पका सहायक महाप्रबन्धक ज्ञानेन्द्र चन्दबीच सरल अटो लोन कर्जाका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार, पायनियर मोटो कर्प प्राइभेट लिमिटेडबाट गाडी किन्न चाहने ग्राहकहरुलाई मेगा बैंकले सरल, सहज र शुलभ दरमा १० बर्षसम्म भुक्तानी गर्ने गरी वित्तीय सुविधा प्रदान गर्नेछ ।

जसमध्ये डाटसन कम्पनीका गाडीहरु १२ हजार ९९९ मासिक किस्तामै ग्राहकहरुले किन्न सक्नेछन् । यसैगरी, निशान कम्पनीका सबै मोडलका गाडीहरुमा पनि सरल किस्तामै भुक्तानी गर्ने गरी ग्राहकहरुले अटो लोन पाउनेछन् । त्यसका लागि ग्राहकहरुले ३५ प्रतिशत मात्रै डाउन पेमेन्ट गरे पुग्छ ।

प्रक्रिया सुरु गरेको २४ घण्टाभित्रै निर्णय र ७ कार्य दिनमै कर्जा प्रवाह गरिने बैंकले जनाएको छ । यो सुविधा मेगा बैंकका देशभरका शाखाहरुबाट लिन सकिनेछ । यो सम्झौतापछि ग्राहकहरुलाई सस्तोमा गाडी लिन सहज हुने बैंकको विश्वास छ ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)