• होमपेज
  • अर्थ/वाणिज्य
  • ज्योती विकास बैंक ३० शाखा थप्दै

ज्योती विकास बैंक ३० शाखा थप्दै

  • सोमवार, भदौ ११, २०७५
ज्योती विकास बैंक ३० शाखा थप्दै

ज्योति विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षमा ३० नयाँ शाखा विस्तार गर्ने भएको छ । बैंकले सातै प्रदेशमा शाखा विस्तार गर्ने योजना बनाएको छ । प्रदेश नं. १ मा २ शाखा, प्रदेश नं. २ मा ४ शाखा, प्रदेश नं. ३ मा १० वटा शाखा, प्रदेश नं. ४ मा ६ शाखा, प्रदेश नं. ५ मा ५ वटा शाखा, प्रदेश नं. ६ मा १ शाखा र प्रदेश नं. ७ मा २ वटा शाखा गरी कुल ३० शाखा थप गर्ने बैंकको योजना छ ।

गत आर्थिक वर्षमा ज्योतिले २८ वटा नयाँ शाखा विस्तार गरेको थियो । यसबाहेक, चार वटा एटिएम र एउटा वटा एक्सटेन्सन काउन्टर पनि विस्तार गरेको थियो । हाल बैंकले ६० जटा शाखका साथमा बैंकले २१ एटिएम र एउटा एक्सटेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकहरुलाई सेवा दिईरहेको छ । बैकको एउटा मात्र क्षेत्रिय कार्यालय छ, जुन नेपालगन्जमा रहेको छ ।

ज्योति विकास बैंकका कुल ६० शाखामध्ये, काठमाडौं उपत्यकाभित्र १७ र ४३ शाखा काठमाडौं उपत्यका बाहिरका विभिन्न स्थानहरुमा रहेका छन् । बैंकका सबैभन्दा धेरै शाखा प्रदेश नं.३ मा रहेका छन् । यहाँ बैंकका कुल २३ शाखा सञ्चालनमा रहेका छन् । त्यस्तै, प्रदेब नं. ७ मा सबैभन्दा कम एक शाखा मात्रै सञ्चालनमा रहेका छन् ।

यसबाहेक, प्रदेश नं. १ मा ७ वटा, प्रदेश नंं. २ मा ७ शाखा, प्रदेश नं.४ मा ४ वटा, प्रदेश नं. ५ मा १६ वटा र प्रदेश नं. ६ मा २ वटा शाखा सञ्चालनमा रहेका छन् । ज्योति विकास बैंकको सबैभन्दा बढी कारोबार गर्ने शाखा काठमाडौँस्थित कमलादी शाखा (मुख्य शाखा) बाट हुने गरेको छ ।

नेपालका कुल ७७ जिल्लामध्ये ज्योति विकास बैंकका शाखा २७ जिल्ला (झापा, मोरङ्ग, सुनसरी, खोटाङ, बारा, पर्सा, रौतहट, धनुषा, महोतरी, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, चितवन, मकवानपुर, नवलपरासी, कास्की, तनहु, रुपन्देही, प्युठान, दाङ, बाँके, बर्दिया, सुर्खेत, जाजरकोट र कैलाली) मा  विस्तार भईसकेका छन् ।

७७ जिल्लामध्ये ५० जिल्लामा ज्योति विकास बैंकका शाखा पुगेका छैनन् । भोजपुर, धनकुटा, इलाम, ओखलढुङ्गा, पाँचथर, शङ्खुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम, उदयपुर, सप्तरी, सर्लाही, सिन्दुली, रामेछाप, दोलखा, काभ्रेपलानचोक, नुवाकोट, रसुवा, सिन्दुपालचोक, गोरखा, लमजुङ्ग, स्याङ्जा, मनाङ, बाग्लुङ, म्याग्दी, पर्वत, मुस्ताङ, कपिलवस्तु, परासी, अर्घखाँची, गुल्मी, रोल्पा, पाल्पा, पूर्वि रुकुम, पश्चिम रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालीकोट, मुगु, दैलेख, अछाम, डोटी, बझाङ, बाजुरा, डडेल्धुरा, कञ्चनपुर, बैतडी र  दार्चुलामा ज्योति विकास बैंकका शाखा पुग्न बाँकी रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा