• होमपेज
  • फिचर
  • बाढीपीडितलाई नयाँ घर

बाढीपीडितलाई नयाँ घर

  • सोमवार, भदौ ११, २०७५
बाढीपीडितलाई नयाँ घर

लमही नगरपालिकाले बाढीपीडितको लागि नयाँ घर निर्माण गरेको छ । लमही– ९ अमेलियाका बाढीपीडितलाई नगरपालिकाले आवास निर्माण गरी हस्तान्तरण गरेको हो ।

विसं २०७४ साउन २७ गते बाढीले अमेलियाका २२ घर पूर्णरुपमा बस्न नमिल्ने गरी भत्काएपछि स्थानीय तहले सो बस्तीको पुनःनिर्माण अभियान सञ्चालन गरेका थियो ।

एक वर्षपछि नयाँ घर पाउदा अमेलियाका बाढीपिडित खुशी भएका छन् । घरवारविहीन बनेकी पुनकला भुसाल घरधनीको रुपमा नयाँ घरमा पुनःस्थापित हुनुभएको छ । मोहन डाँगीले स्थानीय तहको सहयोगमा नयाँ घरमा बस्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

नगरपालिकाले सुरक्षित जग्गा खोजेर पक्की घर निर्माण गरिदिएपछि २२ घरपरिवार पुनःस्थापित भएका हुन् । नगरपालिकाले पूर्ण क्षति भएका परिवारलाई प्रतिपरिवार घर निर्माण गर्न रु दुई लाख सहयोग गरेको थियोे । नगरपालिकाको सहयोग र स्थानीयवासीको सक्रियतामा भान्सा र शौचालय सहितको नयाँ घर बनाइएको हो ।

पीडितलाई स्थानीय सरकारको अनुभूति हुने गरी राष्ट्रिय वनको खाली जमीनमा १० र व्यक्तिकै जग्गामा १२ घर बनाएर बसोवासको व्यवस्था गरिएको नगर प्रमुख कुलबहादुर केसीले बताउनुभयोे । मैनेमा चार, तेल्लेमा तीन, रिहारमा छ, हात्तीखाल, अमेलिया र वाङ्तालमा नौ घर निर्माण गरिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने