• होमपेज
  • अर्थ/वाणिज्य
  • कैलाश विकास बैंकको ६३ औँ शाखा ठमेलमा

कैलाश विकास बैंकको ६३ औँ शाखा ठमेलमा

  • शुक्रबार, भदौ ८, २०७५
कैलाश विकास बैंकको ६३ औँ शाखा ठमेलमा

कैलाश विकास बंैक लिमिटेडले ठमेलमा ६३ औँ शाखा खोलेको छ । उक्त शाखाको समुद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिव राज श्रेष्ठले एक समारोहकाबीच भएको छ । उक्त समारोह संस्थाको संचालक समितिका अध्यक्ष नारायण प्रसाद पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

कैलाश विकास बैंकको यस शाखाबाट बिदेशी मुद्रा खरिद बिक्री रेमिटान्स, कर्जा निक्षेप कारोवार सहित सम्पूर्ण अत्याधुनिक बैंकिङ्ग सुविधाहरु उपलब्ध हुने जनाइएको छ ।

यस नयाँ शाखा सहित बैंकको शाखा संख्या ६३ पुगेका छन् भने एटिएम संख्या २७ पुगेका छन् । बैंकले निकट भविष्यमा बांंके जिल्लाको नेपालगंज सुर्खेतको छिन्चु बजार तथा बिरेन्द्रनगर महेनद्रनगर, दाङ्गको तुल्सीपुर लगायत अन्य विभिन्न ठांउहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको बैंकले जनाएको छ ।

यस विकास बैंकको चुक्तापूँजी रु.२ अर्व ५२ करोड रहेको छ । यस संस्थाले हाल सम्म रु.२२ अर्व ८६ करोड निक्षेप संकलन गरी रु.२० अर्ब ११ करोड कर्जा प्रवाह गरेको छ भने २०७४

/०७५को अपरिष्कृत वित्तीय बिवरण बमोजिम ५५ करोड १३ लाख खुद मुनाफा आर्जन गर्न सफल भएकोछ । बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंकिङ्ग सेवाको अलावा मोबाएल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग ईन्टरनेट बैंकिङ्ग सेवा, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, सुविधा भुक्तानी, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि