• होमपेज
  • रोजगारी
  • ‘श्रम, सीप र क्षमता स्वदेशमै’

‘श्रम, सीप र क्षमता स्वदेशमै’

  • बिहिबार, भदौ ७, २०७५
‘श्रम, सीप र क्षमता स्वदेशमै’

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले स्वदेशी श्रम, सीप र क्षमता स्वदेशमै उपयोग गर्ने भएको बताउनुभएको छ ।

संघीय संसद्, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिको आजको बैठकमा उहाँले भन्नुभयो, “सरकारको प्राथमिकता वैदेशिक रोजगारी होइन, देशभित्रै रोजगारीका अवसर सिर्जना गर्ने हो ।”

उहाँले भन्नुभयो, “सीप सिकेको जनशक्तिले गुणस्तरीय रोजगारी प्राप्त गर्ने र तुलनात्मकरुपमा राम्रो पारिश्रमिक तथा सुरक्षित गन्तव्यमा पुग्न सक्छ ।” मन्त्री विष्टले व्यक्तिको योग्यता र क्षमताअनुसारको सीप प्रदान गर्ने संरचना निर्माण गर्ने काम भइरहेको जानकारी दिनुभयो ।

नेपाली तेस्रो मुलुकमा बेचविखनमा पर्ने गरेको विकराल समस्यालाई रोक्न गृह मन्त्रालयसँग छलफल भइरहेको जानकारी दिँदै मन्त्री विष्टले भारत हुँदै तेस्रो मुलुक जानेक्रम रोक्नका लागि तयार गरिएको कार्ययोजना प्रभावकारीरुपमा कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अचेत अवस्था (कोमा) मा रहेका बिरामीलाई नेपाल झिकाएर उपचार गराउने प्रक्रिया अगाडि बढाएको बताउँदै उहाँले भन्नुभयो, “कोमामा रहेका बिरामी स्वदेश ल्याएर सरकारी अस्पताल र केही मेडिकल कलेजमा उपचारको प्रबन्ध मिलाइनेछ ।” मन्त्री विष्टले वैदशिक रोजगारीमा जाने नेपाली युवाले स–साना मुद्दामा पनि जेल जीवन बिताउनु परिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “संसारको कुनै कुुनामा रहेका नेपालीको उद्धारका लागि नेपाल सरकार जिम्मेवार छ, कुनै पनि नेपाली कानूनी प्रतिरक्षाको अभावमा निर्दोष हुँदाहुँदै जेलमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकार गम्भीर छ ।”

वैदेशिक रोजगारीमा गएका युवाले योगदान गरेका श्रमको सामाजिक मूल्यका बारेमा नेपालले अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्ने बताउँदै उहाँले सामाजिक मूल्य प्राप्त गर्न गन्तव्य मुलुकलाई समेत सहमतिमा ल्याउन सबै पक्षको योगदानको अपेक्षा गर्नुभयो ।

बोर्डको नाम परिवर्तन गरिने 
बैठकमा मन्त्री विष्टले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको नामले वैदेशिक रोजगारलाई प्रवद्र्धन गर्न खोजेको देखिएको भन्दै परिवर्तन गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारले वैदेशिक रोजगारीलाई प्रवद्र्धन गर्दैन, व्यवस्थापन गर्ने गरी बोर्डको नाम परिवर्तन गर्न संशोधनको प्रक्रिया अगाडि बढाइएको छ ।” वैदेशिक रोजगारीमा जाने बाध्यकारी अवस्था कायम रहँदासम्म त्यसलाई व्यवस्थित गर्ने उद्देश्यले बोर्डको नाम संशोधनको तयारी गरिएको उहाँको भनाइ थियो ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा