• होमपेज
  • अटो
  • एमजीको नयाँ शोरुम नक्सालमा

एमजीको नयाँ शोरुम नक्सालमा

  • मङ्लबार, भदौ ५, २०७५
एमजीको नयाँ शोरुम नक्सालमा

मोरिस ग्यारेज (एमजी)को अन्तर्राष्ट्रियस्तरको शोरुम नक्सालमा खुलेको छ । मंगलबार नेपालका लागि बेलायती राजदूत रिचर्ड मोरिसले उक्त शोरुमको उद्घाटन गरेका छन् ।

एमजी मोर्टस बेलायती कार उत्पादक कम्पनी हो । जसलाई नेपाली बजारमा पारामाउन्ट मोर्टसले बिक्री वितरण गर्दै आएको छ ।

एमजी गाडीको उत्पादन मोरिस ग्यारेजको नामबाट १९२१ मा शुरु भएको हो । यो कम्पनी अहिले ९७ वर्ष पुरानो भएको छ । यो कार उत्पादनको शुरुवाती समयमा विलियम मोरिसले अटोमोबाइल इन्जिनियर सेसिल किम्बरलाई हायर गरेका थिए।

पारामाउन्ट मोटर्सका जनरल मेनेजर सचिन अर्याल भन्छन्–‘एमजी विश्वको सबैभन्दा छिटो प्रगति गरिरहेको मोटर कम्पनीमध्येको एक हो । विगत केही वर्षदेखि एमजी ब्रान्डले नयाँ–नयाँ मोडल बजारमा ल्याएर बलियो पकड राख्दै अविश्वसनीय प्रगति गर्दै आइरहेको छ । यो कम्पनीले विश्वभरी आफ्नो पहँुच पुर्याउने लक्ष्य लिएको छ र त्यसै क्रममा नेपाली बजारमा प्यारामाउन्ट मोटर्ससँग अधिकारीक वितरकको रुपमा सहकार्य गरिरहेको छ ।’ एमजीले थाइल्यान्डमा आधुनिक टेक्नलोजी जडित फ्याक्ट्री स्थापना गरिसकेको छ, साथै २०१९ को शुरुवातसँगै भारतमा पनि उत्पादन गर्ने तयारीलाई अन्तिम रुप दिँदैछ ।

एमजीका जीएस र जेडएस मोडलको गाडी पनि लन्च गरिएको छ । सेडानको विकल्प हुनसक्ने जीएस र जेडएस मोडलका कम्प्याक्ट प्रिमिएम एसयुभी विश्व बजारमा लोकप्रिय मोडल हुन् । एमजीले सधैं आफ्ना मोडलमा पावर र सेफ्टीलाई मुख्य फिचरको रुपमा राखेर कारको उत्पादन गर्ने गर्छ । सेफ्टी एयरब्याग, उत्कृष्ट निर्माण क्वालिटी र पावरफुल इन्जिन यसका अन्य विशेषता हुन् । एनक्याप अष्टे«लियाले यसलाई क्रयास टेस्टमा ५ स्टारको रेटिङ दिएको छ ।

एमजी जीएसः एमजी जीएस एसयुभी हो । यसमा अटोमेटिक हेडल्याम्पदेखि क्रुज कन्ट्रोलसम्म रहेको छ । रियर पार्किङ सेन्सर र क्यामेरा, डीएबी रेडियो र ब्लुटुथ, छ । जीएस २.० लिटर इन्जिन, टर्बो ४ सिलिन्डरमा उपलब्ध रहेको छ । यो कारले ५३०० आरपीएममा २१८ बीएचपी पावर र २५०० आरपीएममा ३५० एनएम टर्क उत्पादन गर्छ । यो कार अल ह्वील ड्राइभ कार हो । यसमा ५५ लिटर क्षमताको फियुल ट्याङक दिइएको छ । यो एसयुभीको उचाई १६९९ एमएम रहेको छ भने यसको लम्बाई ४५०० एमएम रहेको छ ।

एमजी जेडएस : यो कारमा दिइएको ४ सिलिन्डर पेट्रोल इन्जिनले १०४ बीएचपी पावर र १४१ एनएम टर्क उत्पादन गर्छ । यसको उचाई १६४८ एमएम रहेको छ भने यसको लम्बाई ४३१४ एमएम रहेको छ । यसको ह्वीलवेस २५८५ एमएम रहेको छ । यसमा ४८ लिटर क्षमताको फियुल ट्याङक दिइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि