आठ योजना निर्माण

  • मङ्लबार, भदौ ५, २०७५
आठ योजना निर्माण

आर्थिक वर्ष २०७४÷७५ मा जिल्लामा आठ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । दुई करोड ७६ लाख ५४ हजारको लागतमा निर्माण भएका योजनाबाट १६८ हेक्टर जग्गामा सिँचाइ सुविधा पुगेको छ ।

योजनाबाट दुई हजार नो सय घरधुरी लाभान्वित भएका सिँचाइ विकास सवडिभिजन कार्यालयका सवइञ्जिनियर बिमल विश्वकर्माले जानकारी दिनुभयो ।

दुई हजार नाँै सय घरधुरी लाभान्वित भएका सिँचाइ विकास सवडिभिजन कार्यालय बेनीले जनाएको छ । रु दुई करोड ७६ लाख ५४ हजारको लागतमा योजना निर्माण गरिएको हो ।

यस्तै मङ्गला गाउँपालिका–५ पिपलबोट र सेराफाँटको ४५ हेक्टरमा सिँचाइ गर्ने उद्देश्यले निर्माण शुरु गरेको पिपलबोट– सेरफाँट सिँचाइ योजनाको ८० प्रतिशत काम सकिएको छ । ६८ लाख ८५ हजार लागतमा ठेक्का सम्झौता भएको सो योजना यसै वर्ष सम्पन्न गर्ने लक्ष्य छ । रु ३९ लाख ३३ हजारमा मालिका गाउँपालिका–६ मा निर्माण भएको दुखुबेँशी सिँचाइ योजनाबाट २५ हेक्टरमा सिँचाइ सुविधा पुगेको छ ।

यस्तै मङ्गला गाउँपालिका–२ सिमलचौरमा निर्माण भएको नेवारेखोला सिँचाइ योजनाबाट २५ हेक्टर, मङ्गला गाउँपालिका–१ कुहुँको घट्टेखोला सिँचाइ योजनाबाट १५, बेनी नगरपालिका–५ पुलाचौरको पानीपँधेरा सिँचाइ योजनाबाट २२, धादिखेत थाकन मुलबारी सिँचाइ योजनाबाट १९, भुनेफाँट सिँचाइ योजनाबाट १० तथा चनौटे पोखरी सिँचाइ योजनाबाट सात हेक्टर जमीनमा सिँचाइ सुविधा पुगेको कार्यालयले जनाएको छ ।

दुई लाख २९ हजार ७०६ हेक्टर क्षेत्रफल रहेको म्याग्दीमा ३० हजार ८५६ हेक्टर खेतीयोग्य जमीन छ । बाइस प्रतिशत जमिनमा मात्र सिँचाइ सुविधा उपलब्ध छ । चालू आवका लागि १३ योजनाको विस्तृत सर्वेक्षण गरिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि