• होमपेज
  • फिचर
  • एभरेष्ट बैंकको दादागिरी

एभरेष्ट बैंकको दादागिरी

  • मङ्लबार, भदौ ५, २०७५
एभरेष्ट बैंकको दादागिरी

आर्थिक बर्ष २०७४/७५ को चौथो त्रैमाससम्मको वित्तीय विवरण एभरेष्ट बैंकले एनएफआरएस अनुरुप भन्दै सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको विवरणपत्र लगानीकर्ता झुक्याउनेगरी सार्वजनिक भएको छ । खुद मुनाफाबाट समायोजन गर्नुपर्ने रकम नै बैंकको विवरण एनएफआरएस अनुरुपको ढाँचामा नदेखिएपछि लगानीकर्ता झुक्किएका हुन् ।

बैंकले वितरणयोग्य मुनाफा २ अर्ब ७० करोड हो भन्ने भ्रम सिर्जना गराएका आँखामा छारो हाल्ने काम गरेको छ । नाफा वा नोक्सानको गणना नयाँ ढाँचामा कर्जा नोक्शानी व्यवस्था र अन्य व्यवस्था कायम गरी लेखाङ्कन गरेर मात्र गर्नुपर्ने हो ।

विवरणमा उल्लेख भएअनुसार खुद मुनाफा २ अर्ब ७८ करोड देखिएको र नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार ८६ करोड १२ लाख रुपैयाँ समायोजन गर्दा वितरणयोग्य खुद मुनाफा १ अर्ब ८४ करोड भएको विवरणमा उल्लेख छ । बैंकको वितरणयोग्य मुनाफालाई आधार मान्ने हो भने बैंकले करिब २३ प्रतिशत लाभांश दिने क्षमता राखेको देखिन्छ ।

पुँजी पर्याप्तता अनुपात १४.९७ प्रतिशत मात्र भएको अवस्थामा बैंकले वितरणयोग्य मुनाफाबाट मिश्रित लाभांश दिन सक्ने लक्षण देखिएको छ । अन्य बैंकहरुले भर्खरै एनएफआरएस अन्तर्गत वित्तीय विवरण तयार गरिरहेको वेलामा बैंकले भने लगानीकर्ता झुक्याउने रणनीति बनाएको हो । बैंकले गत आर्थिक वर्ष २ अर्ब ७० करोड खुद मुनाफा गरेको छ । यो अघिल्लो वर्ष सार्वजनिक भएको विवरण अनुसार हो ।

अघिल्लो आर्थिक वर्ष बैंकले २ अर्ब ५ करोड मात्र खुद मुनाफा गरेको थियो । बैंकको खुद मुनाफा २ अर्ब ७० करोडलाई आधार मान्ने हो भने प्रति सेयर आम्दानी ३३ रुपैयाँ हुने भए पनि बैंकले प्रति सेयर आम्दानी ३४ रुपैयाँ ७१ पैसा देखाएर लगानीकर्तालाई झुक्याउने काम गरेको छ । यसले लगानीकर्तामा अलमलको वातावरण सृजना भएको छ । राजतिलक साप्ताहिक

Facebook Comments

सम्बन्धित समाचार