• होमपेज
  • कृषि
  • कागती खेती फस्टाउँदै

कागती खेती फस्टाउँदै

  • सोमवार, भदौ ४, २०७५
कागती खेती फस्टाउँदै

पछिल्लो समय झापामा किसान कागती खेतीतर्फ आकर्षित भएका छन् । छोटो समयमा मनग्य आम्दानी गर्न सकिने भएपछि किसान कागती खेतीतर्फ आकर्षित भएका हुन् ।

अहिले जिल्लाका किसान सहकारी संस्थामार्फत कागती खेती गर्न लागिपरेका छन् । अर्जुनधारा नगरपालिका–९ का ५८ वर्षीय पुष्पप्रसाद रेग्मीले कागती खेतीबाट वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।

छ वर्षअघि रेग्मीले दक्षिण भारतबाट प्रतिगोटा रु ५० देखि रु १५० सम्ममा यूरेका, मद्रासी र गुजराती जातका कागतीका बिरुवा ल्याएर कागती खेती शुरु गर्नुभएको हो । उहाँले डेढ विघामा कागती खेती गर्नुभएको छ । कागतीको दाना बिक्री गरेर उहाँले मनग्य आम्दानी गर्दै आउनुभएको छ । वर्षमा कागतीले तीन पटकसम्म फल दिन्छ ।

“कागती खेतीबाट सोचेको भन्दा बढी आम्दानी भयो,” रेग्मीले भन्नुभयो, “बजारको समस्या छैन, व्यापारी घरमै आएर कागती लैजान्छन् ।” उहाँले खेती विस्तार गर्ने उद्देश्यले बुद्धशान्ति गाउँपालिका–१ बुधबारेमा सात बिघा जग्गा भाडामा लिनु भएको छ । उक्त जग्गामा रेग्मीले कागतीको बिरुवा उत्पादन गर्न थाल्नु भएको छ ।

मेचीनगर–९ का डिल्लीप्रसाद उप्रेतीले दुई बिघामा कागती खेती गर्नुभएको छ । उहाँले १२ कट्ठाबाट शुरु गरेको कागती खेती दुई बिघामा विस्तार गर्नुभएको छ ।

नर्सरीसहित कागती खेतीबाट वार्षिक रु २४ लाखसम्म आम्दानी गरेको उहाँले बताउनुभयो । नर्सरीमा हाल एनसीआरपी–५५, सुन–१, चाइनिज र यूरिका जातका कागतीका बिरुवा छन् । जिल्लामा ४० भन्दा बढी किसानले व्यावसायिक रूपमा कागती खेती गर्दै आएका बताइएको छ । उप्रेतीले प्रतिगोटा रु १०० मा बिरुवा बिक्री गर्दै आउनु भएको छ ।

काँकडभिट्टास्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना एक लाखभन्दा बढी शेयर सदस्यलाई आर्थिक वर्ष २०७४÷७५ मा कागतीको बिरुवा वितरण गरेको छ । जिल्लाका बुद्धशान्ति गाउँपालिका, अर्जुनधारा, मेचीनगर, भद्रपुर नगरपालिकालगायत क्षेत्रमा व्यावसायिक रूपमा कागती खेती भइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि