• होमपेज
  • पर्यटन
  • धार्मिक पर्यटनको गन्तव्य बन्दै पाण्डवेश्वर महादेव धाम

धार्मिक पर्यटनको गन्तव्य बन्दै पाण्डवेश्वर महादेव धाम

  • शनिबार, भदौ २, २०७५
धार्मिक पर्यटनको गन्तव्य बन्दै पाण्डवेश्वर महादेव धाम

यहाँको पर्यटकीय एवं धार्मिक क्षेत्र पाण्डवेश्वर महादेव धाम धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै गएको छ । दाङको घोराहीको धारपानीमा रहेको धाममा विश्वकै अग्लो त्रिशूल राखेसँगै विभिन्न पूर्वाधार पनि निर्माण शुरु भएका छन् ।

पाण्डवेश्वरी महादेव मन्दिर धारापानीमा राखिएको ठूलो त्रिशूल हेर्न आउनेको सङ्ख्या पनि बढ्दै गएको छ । त्रिशूल सात हजार ७१८ किलोग्राम फलाम, २२६.३६० किलोग्राम तामा, १० किलोग्राम काँस र २०४ किलोग्राम पित्तलले बनाइएको छ । उचाइ ५५.५ फिट र ४४ इन्ची गोलाई रहेको त्रिशूलले त्यहाँको थप पर्यटकको आक्रर्षण बढेको स्थानीय बताउँछन् ।

ऐतिहासिक तथा धार्मिक महत्वले निकै महत्व मानिने धारापानीमा देशका विभिन्न जिल्ला र भारतबाट पनि पर्यटक आउने गरेको पाण्डवेश्वर महादेव धाम सञ्चालक समितिले जनाएको छ ।

पाण्डवेश्वर महादेव धामसम्म सडकको कालोपत्रेसँगै आवतजावत गर्न सजिलो भएको छ । नजिकै सरयू गङ्गा बबई नदी र वरपर हरियाली वातावरण भएका कारणले पनि त्यहाँ जाने जो कोही पनि रमाउने गर्दछन् । यहाँ दैनिक सयौँको सङ्ख्यामा बाह्य तथा आन्तरिक पर्यटक आउने गर्दछन् । यहाँको पर्यटन विकास लागि झण्डै रु ९० करोड बढीको गुरुयोजना बनाउन लागिएको धामका सचिव विष्णुराम आचार्यले बताउनुभयो ।

. उहाँका अनुसार सुनकोट डाँडासम्म चार हजार ९६३ सिंडी निर्माण, सुनकोटमा ३१ केजीको काँसको घण्ट निर्माण, मन्दिर वरपरको वन संरक्षणलगायतका काम गरिने छ । प्रदेश नं ५ ले यहाँको विकासका लागि रु पाँच करोड बजेटसमेत विनियोजन गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा