• होमपेज
  • अर्थ/वाणिज्य
  • माछापूच्छ्रे बैंकको ब्रान्ड एम्ब्यासडरमा चर्चित खेलाडी

माछापूच्छ्रे बैंकको ब्रान्ड एम्ब्यासडरमा चर्चित खेलाडी

  • शुक्रबार, भदौ १, २०७५
माछापूच्छ्रे बैंकको ब्रान्ड एम्ब्यासडरमा चर्चित खेलाडी

चक्रित सुवेदी । माछापुच्छ्रे बैंकले एक पत्रकार सम्मेलन गरी आफ्नो ब्रान्ड एम्ब्यासडरहरुलाई सार्वजनिक गरेको छ । नेपालको खेलकुद क्षेत्रलाई महत्वपूर्ण योगदान दिएकाहरु मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरीलाई बैंकले ब्रान्ड एम्ब्यासडरको रुपमा नियुक्त गरेको हो ।

उक्त कार्यक्रमा बैंकका ब्राण्ड एम्ब्यासडरहरु मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरीले क्रमशः आफ्नो यात्रा, कठिनाई एवं चुनौतीहरु, सफलताहरु, र भावी योजनाहरुबारे मन्तव्य ब्यक्त गरेका थिए ।

नेपाली म्याराथनमा अब्बल नाम कमाएकी मिरा राईले विभिन्न अल्ट्रा म्याराथन खेलमा सहभागिता जनाएकी राईले देश र विदेशमा थुप्र्रै उपाधि जितीसकेकी छन् ।

सन् २०१५ मा फ्रान्समा सम्पन्न ८० किलोमिटर विश्व म्याराथनमा पहिलो स्थान हासिल गर्न सफल राईले विश्व अल्ट्रा म्याराथनमा आफुलाई स्थापित गर्दै नेपाली धाविका नेसनल ज्योग्राफिकले २०१७ मा सार्वजनिक गरेको ‘एड्भेन्चर अफ द इयर‘को उपाधि समेत जित्न सफल भएकी थिइन् ।

नेपालको नंम्बर १ गल्फ खेलाडी प्रतिमा शेर्पा १५ वर्षकै उमेर देखि खेलको प्रशिक्षण लिइ विभिन्न खेलहरुमा भाग लिई सानो उमेरमै लगातार उपाधि समेत जितेकी छन् । गल्फर शेर्पाको चर्चा स्वदेशी मात्र नभएर विदेशी मिडियामा पनि उत्तिकै छ । उनी दुईमहिने अमेरिका भ्रमणका दौरान ईसपीएनले शेर्पामाथि एक वृतचित्र समेत बनाएको थियो ।

टेनिस खेल भन्ने वित्तिकै १३ वर्षिय आर्यन गिरीको नाम त कसैले नलिने कुरै भएन । ६ वर्षको उमेरदेखि टेनिस शुरु गरेका गरी बर्न सर्भाइभर पनि हुन् । उनले नेपाल अन्डर १४ को नम्बर १ र एशिया अन्डर १४ मा नम्बर २९ स्थान बनाई नेपालको टेनिस खेलाडीको अब्बल दर्जाको खेलाडीका लाइनमा आफुलाउ उभ्याउन सफल भएका थिए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरी जस्ता खेलाडीहरुलाई बैंकसँग आवद्घ गर्न पाउन गौरवको विषय रहेको बताए ।

बैंकका पूर्व अध्यक्ष तथा पुर्व सांसद डा. बीरेन्द्र प्रसाद महतोले समेत बैंकले नियुक्त गरेका ब्रान्ड एम्ब्यासडरहरुले बैंकलाई अझै उचाईमा पु¥याउने कुरामा आफु विश्वस्त रहेको बताए । बैंकका अध्यक्ष रोशन के. सी. ले पनि आफ्नो मन्तव्यमा मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरी लाई माछापुच्छ«े बैंकको सदस्यका रुपमा स्वागत गरेका थिए ।

बंैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २५ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ११३ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा