• होमपेज
  • अर्थ/वाणिज्य
  • सिटिजन्स बैंकले ल्यायो नयाँ बचत खाता

सिटिजन्स बैंकले ल्यायो नयाँ बचत खाता

  • शुक्रबार, भदौ १, २०७५
सिटिजन्स बैंकले ल्यायो नयाँ बचत खाता

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले “मेरो सिटिजन्स बचत खाता” सार्वजनिक गरेको छ । शुक्रबार आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारी र ब्रान्ड एम्बेसडर ज्ञानेन्द्र मल्लले संयुक्त रूपमा उक्त योजना सार्वजनिक गरेका हुन् ।

न्युनतम मौज्दात रु १०० मै खाता खोल्न मिल्ने ‘मेरो सिटिजन्स बचत खाता’ मा निःशुल्क अन्तर शाखा कारोबार (एबिबिएस), निःशुल्क सिटिजन्स स्र्माट (मोबाइल) बैंकिङ सुविधा, अनलाइन कारोबार गर्न सुरक्षित थ्रिडी सेक्योर प्रविधिमा निःशुल्क दर्ता, निःशुल्क भिसा डेबिट कार्ड, लकरको वार्षिक शुल्कमा ५० प्रतिशत छुट, विदेशी मुद्रामा ड्राफ्ट÷स्विफ्ट जारी गर्दै ५० प्रतिशत छुट, निः शुल्क आस्वा सेवा जस्ता थुप्रै आकर्षक विशेषताहरु उपलब्ध छन् । दैनिक मौज्दातमा ७ प्रतिशत व्याज गणना गरी त्रैमासिक रुपमा भुक्तानी गर्नु यस योजनाको प्रमुख विशेषता रहेको बैंकले जानकारी दिएको छ । ग्राहकहरुको सेवालाई मुख्य प्राथमिकता दिने यस बैंकले आगामी दिनमा अझै उत्कृष्ट बैंकको श्रेणीमा पुग्ने विश्वास लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ७९ वटा शाखा, ७१ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ मार्फत करिब तीन लाख ५० हजार ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्यारेन्स, आस्वा, ड्राफ्ट भिसा एटिएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

ब्रान्ड एम्बेसडरमा ज्ञानेन्द्र मल्ल
बैंकले क्रिकेट टिमका उप कप्तान ज्ञानेन्द्र मल्ललाई ब्रान्ड एम्बेसडर एंव ब्रान्ड प्रवद्र्धकमा एक वर्षका लागि अनुबन्ध गरेको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले उप कप्तान मल्ललाई ब्याट हस्तान्तरण गरी बैंकको ब्रान्स एम्बेसडर भएको कुरा औपचारीक रुपमा घोषणा गरेका हुन् ।

नेपालका ‘सुपरस्टार’ खेलाडीलाई बैंकसँग आबद्ध गराउन पाउँदा लोकप्रियता तथा व्यावसायिकता अभिवृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गर्दै प्रमुख कार्यकारी अधिकृत भण्डारीले बैंकको ब्रान्ड एम्बेसडरको अन्तराष्ट्रिय र राष्ट्रिय स्तरको खेलहरुमा थप सफलताको शुभकामना समेत व्यक्त गरे ।

बैंकले सुरुवातदेखि नै वार्षिक रुपमा टेनिस र गल्फ खेलको प्रतियोगिता संचालन गर्दै आएको छ । ब्रान्ड एम्बेसडरमा नियुक्त भएपछि राष्ट्रिय क्रिकेट टिमका उप कप्तान ज्ञानेन्द्र मल्लले बैंकले खेल प्रवद्र्धनको लागि देखाएको अग्रसरता प्रशंसा योग्य रहेको र नेपालको जुनसुकै खेललाई माथि उठाउन कर्पोरेट क्षेत्रहरुको आवश्यकता रहेको औंल्याए ।

Facebook Comments

सम्बन्धित समाचार