• होमपेज
  • अर्थ/वाणिज्य
  • कुमारी बैंकको खुद नाफा १ अर्ब १४ लाख

कुमारी बैंकको खुद नाफा १ अर्ब १४ लाख

  • बुधबार, साउन ३०, २०७५
कुमारी बैंकको खुद नाफा १ अर्ब १४ लाख

नेपाल राष्ट्र बैंकले लाग्र गरेको नयाँ सिस्टम एनएफआरएस अनुसार कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा १ अर्ब १४ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ४२ दशमलव ९९ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोही अवधिमा मुनाफा ७० करोड ३ लाख रुपैयाँ कमाउन सफल भएको थियो ।

७ अर्ब १६ करोड ६३ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडा कोषमा ४ अर्ब ५३ करोड रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा ६९ अर्ब ६७ करोड ७७ लाख रुपैयाँ संकलन गरी कर्जा ६२ अर्ब ९४ करोड रुपैयाँ लगानी गरेको छ ।
बैंकको खुद ब्याज आम्दानी ४२ दशमलव ८१ प्रतिशतले बढेर २ अर्ब ४ करोड ८४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा भने ५ दशमलव ८२ प्रतिशतले घटेर १ अर्ब ४२ करोड ४९ लाख रुपैयाँ पुगेको छ ।

कुमारी बैंकको प्रतिशेयर आम्दानी १३ दशमलव ९८ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १ सय ४४ दशमलव १५ रुपैयाँ, तरलता अनुपात २५ दशमलव ५९ प्रतिशत, निश्कृय कर्जा १ दशमलव शून्य १ प्रतिशत र पुँजी कोष अनुपात १३ दशमलव ९३ प्रतिशत रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार