एनएफआरएस अनुसार सेञ्चुरी कमर्सियल बैंक (Century Commercial Bank Ltd.) ले खुद मुनाफामा ८७ करोड ५७ लाख रुपैयाँ कमाउन सफल भएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ७४ दशलमव ६७ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा ५० करोड १३ लाख रुपैयाँ कमाएको थियो ।
८ अर्ब ६ करोड ३४ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा १ अर्ब १० करोड २० लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा ६१ अर्ब ४९ करोड ८१ लाख रुपैयाँ संकलन गरी कर्जामा ५४ अर्ब ६३ करोड ८३ लाख रुपैयाँ लगानी गरेको छ । त्यस्तै खुद व्याज आम्दानी ५७ दशमलव ८३ प्रतिशतले वृद्धि गरी १ अर्ब ९३ करोड ५६ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ३३ दशमलव ६३ प्रतिशतले वृद्धि गरी १ अर्ब ३१ करोड ५५ लाख रुपैयाँ गरेको छ ।
बैंक (CCBL) को प्रतिशेयर आम्दानी ११ दशमलव ४७ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १ सय १८ दशमलव ०८ रुपैयाँ, तरलता अनुपात २४ दशमलव ६० प्रतिशत, निष्कृय कर्जा शुन्य दशमलव ४० प्रतिशत र जोखिम युक्त सम्पत्ति १६ दशमलव २२ प्रतिशत रहेको छ ।