• होमपेज
  • बीमा
  • नेपाल लाइफ इन्स्योरेन्सले आर्जन गर्यो झन्डै ४८ करोड मुनाफा

नेपाल लाइफ इन्स्योरेन्सले आर्जन गर्यो झन्डै ४८ करोड मुनाफा

  • बुधबार, साउन ३०, २०७५
नेपाल लाइफ इन्स्योरेन्सले आर्जन गर्यो झन्डै ४८ करोड मुनाफा

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (Nepal Life Insurance Co. Ltd.) ले गत आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमास सम्ममा आईपुग्दा खुद मुनाफा ४७ करोड ९२ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको सोहि अवधिको तुलनाभन्दा ५२ दशमलव २९ प्रतिशतले घटेको हो ।

गत वर्षको सोहि अवधिमा कम्पनीले १ अर्ब ४६ लाख रुपैयाँ मुनाफा कमाउन सफल भएको थियो । ४ अर्ब ३९ करोड ६९ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले जगेडा तथा कोषमा ३ अर्ब ४७ करोेड ५७ लाख रुपैयाँ र जीवन विमा कोषमा ५० अर्ब ४९ करोड २२ लाख रुपैयाँ राखिएको छ ।

कम्पनीको आम्दानीमा २४ दशमलव १० प्रतिशतले घटेर २६ करोड १७ लाख रुपैयाँ पुगेको छ भने खर्चमा ६८ दशमलव ९७ प्रतिशतले बढेर ५१ करोड २९ लाख रुपैयाँ पुगेको छ । आम्दानी भन्दा खर्च वृद्धि भएकोले पनि नाफा घटाएको हो । कम्पनीले यस अबधिमा बीमा शुल्क (खुद) १६ अर्ब १ करोड ७३ लाख रुपैयाँ आर्जन गरेको छ भने कुल बीमा शुल्क ६८ अर्ब ५५ लाख रुपैयाँ आर्जन गरेको ।

त्यस्तै ५ अर्ब ४३ करोड ५९ लाख रुपैयाँ बराबरको भुक्तानी दाबी (खुद) गरेको छ भने कुल दाबी भुक्तानी ६ अर्ब २१ करोड रुपैयाँ रहेको छ । कम्पनीले यस अबधिमा ११ लाख ५२ हजार ८ सय ६० वटा (संख्या) बीमालेख जारी गरेको छ । कम्पनीले यस अबधिमा ३८ हजार ४ सय ९९ वटा (संख्या) भुक्तानी दाबी गरेको छ ।

कम्पनीको प्रति शेयर आम्दानी १० दशमलब ९० रुपैयाँ, पि ई अनुपात ९६ दशमलब ३३ गुणा, प्रति शेयर नेटवर्थ १ सय ८७ दशमलब ५४ रुपैयाँ र प्रति शेयर कुल सम्पत्ति मूल्य १ हजार ३ सय ३६ रुपैयाँ रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा