• होमपेज
  • अर्थ/वाणिज्य
  • मुक्तिनाथ विकास बैंक र ब्लु क्रस अस्पतालबीच सम्झौता

मुक्तिनाथ विकास बैंक र ब्लु क्रस अस्पतालबीच सम्झौता

  • आइतवार, साउन २७, २०७५
मुक्तिनाथ विकास बैंक र ब्लु क्रस अस्पतालबीच सम्झौता

मुक्तिनाथ विकास बैंक र ब्लुक्रस अस्पतालबीच बैंकका ग्राहकलाई अस्पतालको तोकिएको शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र ब्लु क्रस अस्पतालको तर्फबाट सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।

सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकले ब्लु क्रस अस्पतालमा उपचार गराउँदा तोकिएका सेवा शुल्कमा १० प्रतिशत छुट पाउने पाउने छन् ।
मुक्तिनाथ विकास बैंकले ९५वटा शाखा, १७ वटा एटीएमबाट र ३ लाख ७५ हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार