• होमपेज
  • बीमा
  • जनरल ईन्स्योरेन्स कम्पनीसँग बैंकास्योरेन्स सम्झौता

जनरल ईन्स्योरेन्स कम्पनीसँग बैंकास्योरेन्स सम्झौता

  • आइतवार, साउन २७, २०७५
जनरल ईन्स्योरेन्स कम्पनीसँग बैंकास्योरेन्स सम्झौता

एन आई सी एशिया बैंक लिमिटेडले जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका बैंकको २३७ वटै शाखाहरुबाट सहज रुपमा जनरल इन्स्योरेन्स कम्पनीको निर्जिवन बिमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट महाप्रबन्धक एस.के टमोटले हस्ताक्षर गरेका छन् ।

उक्त बैंकको मुलुकभर २३७ शाखा कार्यालयहरु, २२९ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १७ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल रहेको छ ।

बैंकको वासलातको आकार रू. १७९ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १५१ अर्ब पुगि निजीक्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुलकर्जा करिब रू. १२२ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको बैंकको दावी छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्याकरिब ११ लाख ७५ हजार रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार