• होमपेज
  • अर्थ/वाणिज्य
  • ग्लोबल आइएमई बैंकका ग्राहकले दिर्घायु गुरु अस्पतालमा छुट

ग्लोबल आइएमई बैंकका ग्राहकले दिर्घायु गुरु अस्पतालमा छुट

  • बुधबार, साउन २३, २०७५
ग्लोबल आइएमई बैंकका ग्राहकले दिर्घायु गुरु अस्पतालमा छुट

ग्लोबल आइएमई बैंक (GBIME) र दिर्घायु गुरु अस्पताल एवं रिर्सच सेन्टर बीच श्रावण २३ गते अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बैंकले हस्पिटलसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो ।

उक्त सम्झौता पश्चात दिर्घायु गुरु अस्पताल एंव रिर्सच सेन्टर, चावहिलमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १२ प्रतिशत सम्म छुट पाउने छन् ।

उक्त सम्भौतापत्रमा दिर्घायु गुरु अस्पताल एंव रिर्सच सेन्टरका प्रबन्ध निर्देशक सुरज बला श्रेष्ठ र ग्लोबल आइएमई बैंकका कार्ड वितरण विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरेका छन् ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याईरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

चर्चामा