• होमपेज
  • देश
  • दुर्गमका महिलाहरू एचआइभीको पीडा भोग्दै

दुर्गमका महिलाहरू एचआइभीको पीडा भोग्दै

  • सोमवार, साउन २१, २०७५
दुर्गमका महिलाहरू एचआइभीको पीडा भोग्दै

दुर्गम पश्चिम क्षेत्रमा पर्ने आठबीस नगरपालिका राकमकी धर्मा बडुवाललाई आफ्ना श्रीमान् एचआइभी संक्रमणले बितेको भन्ने कुरा बल्ल थाहा भयो । जब कामका लागि भारत जानुभएका श्रीमान्लाई एचआइभी संक्रमणले सताएपछि उपचारकै क्रममा उहाँको मृत्यु भयो ।

श्रीमान्कै कारण आफू पनि एचआइभी संक्रमणमा परेर समस्यामा पर्नुभएकी उहाँलाई छोराछोरीको लालनपालनमा समस्या छ । जेठी छोरीको बिहे भए पनि आफूसँग रहेको छोराको लालनपालनमा समस्या भएकाले बाख्रापालनजस्ता सजिलो व्यवसायमा स्थानीय सरकारले सहयोग गरे जीवन गुजारा गर्न सजिलो हुने उहाँ बताउनुहुन्छ ।

बडुवाल मात्रै हैन एचआइभी संक्रमण भएर श्रीमान् गुमाएका करिब ५२ महिला राकममा छन् । अधिकारप्राप्ति र समाजमा गरिने भेदभाव विरुद्ध लड्न आफूहरू संगठित हुनुपरेको उनीहरूको भनाइ छ । संगठित भएर आवाज अठाउन थालेपछि अहिले एआरटी औषधि राकम कर्णाली स्वास्थ्य केन्द्रबाटै उपलब्ध भएकाले उनीहरूलाई धेरै सजिलो भएको छ ।

औषधि सेवन गर्नकै लागि सुर्खेत र दैलेख सदरमुकाम धाउनुपर्ने विगतको समस्या अहिले समाधान भएको छ । औषधिसँगै संक्रमित महिलालाई पोषिलो आहार, स्थानीयस्तरमै रोजगारी र व्यवसाय प्रर्वद्धनलगायतमा स्थानीय सरकारले चासो बढाएको आठबीस नगरपालिकाका प्रमुख खड्कराज उपाध्याय जोड दिनुहुन्छ । नगरपालिकाले पोषणमा सहयोग पुगोस् भनेर मासिक रु ५०० का दरले संक्रमितलाई भत्ता उपलब्ध गराउँदै आएको छ ।

संक्रमित भनेर समाजमा हेला हुन थालेपछि आफूहरू संगठित भएको तुलसा माझी बताउनुहुन्छ । ती सबै महिलाका श्रीमान् भारतमै रोजगारीका लागि गएका र एचआइभी संक्रमणले मृत्यु भएको माझीको भनाइ छ ।

जिल्लाको अधिकांश स्थानका बासिन्दा रोजगारीका लागि भारत जानुपर्ने बाध्यता पुरानै हो । अहिले स्थानीय सरकारललाई गाउँमै रोजगारी र एचआइभी संक्रमितलगायत थुप्रै समस्यामा परेका नागरिकको जीवनरक्षाबारे पनि चासो बढाउनुपर्ने दायित्व बढेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि