• होमपेज
  • फिचर
  • नेपाली कांग्रेसले देशव्यापी आन्दोलन गर्ने

नेपाली कांग्रेसले देशव्यापी आन्दोलन गर्ने

  • आइतवार, साउन २०, २०७५
नेपाली कांग्रेसले देशव्यापी आन्दोलन गर्ने

नेपाली कांग्रेस पार्टीले लोकतान्त्रिक मूल्य मान्यता स्थापित गर्न अघिनायकवाद र महंगीको विरोध गर्दै सडक आन्दोलन चर्काउने भएको छ । गत मंगलबारबाट देशव्यापीरूपमा आन्दोलन सुरु गरेको प्रतिपक्ष पार्टी कांग्रेसले अब आन्दोलन चर्काउने भएको हो ।

दुई तिहाईको दम्भबाट सरकारले गरेको गलत निर्णय, महंगी तत्कालै नियन्त्रण गर्नुपर्ने, सभामुख र उपसभामुख एउटै पार्टीको हुन नहुने अधिकार केन्द्रीकरण गरेको भन्दै कांग्रेसले देशव्यापीरूपमा सडक आन्दोलन चर्काउने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

उनले थपे, ‘संवैधानिक व्यवस्था अनुसार सभामुख र उपसभामुख फरक दलबाट हुनुपर्ने, अधिकार केन्द्रीकरण गर्नु नहुने, शक्ति पृथकीकरणको सम्मान गरिनु पर्ने, संवैधानिक निकायलाई कार्यकारीको छाँयामा पार्नु नहुने, विधिसम्मत तरिकाले अघिल्लो सरकारले गरेका नियुक्तिलाई गरेको खारेजलाई लिएर हामी सडकमा गएका हौं ।’

पार्टी प्रवक्ता शर्माले अर्को एक प्रश्नमा भने, ‘पूर्ववर्ती देउवा सरकारले गरेको ६५ वर्षमा वृद्ध भत्ता दिने निर्णय उल्ट्याउन नपाइने, मिर्गौला, स्पाइनल इन्जुरी, क्यान्सर तथा मुटुरोगका गम्भीर बिरामीलाई मासिक पाँच हजार रूपैयाँ जीविकोपार्जन भत्ता दिने र भूकम्पपीडितलाई थप एक लाख राहत दिने निर्णय कार्यान्वयन तत्तकालै गरिनु पर्दछ ।’

नेपाली कांग्रेसले सबै प्रदेशका सभासदहरूलाई प्रदेशको नामाकरण तथा स्थायी राजधानीको बारेमा तत्काल निर्णय गर्न निर्देशन गरेको छ । सरकार नसच्चिए नेपाली कांग्रेसले सदन र सडक दुवैमा चर्को आन्दोलन चर्काउने देखिन्छ ।
यसबारे दुई तिहाइ बहुमत पाएको सरकार सचेत हुनुपर्ने कांग्रेसको माग रहेको छ । सरकारको मनोमानी पृवित्ति रहेको भन्दै कांग्रेसले चरणबद्ध रूपमा आन्दोलन र दबाबका कामहरू गर्दै आएको छ । राजतिलक साप्ताहिक

Facebook Comments

सम्बन्धित समाचार