• होमपेज
  • प्रविधि
  • टेलिकमको फाइबर सेवा शुरु

टेलिकमको फाइबर सेवा शुरु

  • शुक्रबार, साउन १८, २०७५
टेलिकमको फाइबर सेवा शुरु

नेपाल टेलिकमले वितरण गरिरहेको घरसम्म फाइबर अर्थात् (एफटिटीएच) सेवाअन्तर्गत इन्टरनेट सेवाको साथै आइपी प्रविधिमार्फत चल्ने ‘भ्वाइस टेलिफोन’ सेवा शुरु गरेको छ । सेवा आरम्भको अवसरमा २०७५ साउन १० गतेदेखि तीन महिनाका लागि व्यावसायिक प्रवद्र्धन गर्न कम्पनीको सञ्जालभित्र भ्वाइस सेवा निःशुल्क गरिएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । आइपी प्रविधिअन्तर्गतको एफटिटीएच सेवामा उच्च गतिको गुणस्तरीय डाटाका साथै सोही फाइबरबाट ‘भ्वाइस’ सेवासमेत उपलब्ध हुन्छ । यसका लागि ग्राहकलाई नयाँ नम्बर प्रदान गरिन्छ ।

हाल यो सेवा एफटिटीएच वितरण भइरहेका स्थानमा डाटाका साथ उपलब्ध गराइएको छ । बाँकी स्थानमा पनि एफटिटीएच विस्तारसँगै क्रमशः उपलब्ध गराइने टेलिकमले जनाएको छ । हाल उपत्यकाको कीर्तिपुर, सैंबु, गोँगबु, गोठाटार, दरबारमार्ग, ठमेल, हात्तीसार, जावलाखेल, लगनखेल, कलंकी र उपत्यका बाहिर भरतपुर राजमार्ग क्षेत्र, बुटवल, वीरगञ्ज तथा पोखरा लेकसाइड क्षेत्रमा यो सेवा उपलब्ध छ ।

टेलिकमले मुलुकभर उच्च गतिको डाटा सेवा उपलब्ध गराउने योजनाअनुरुप फाइबरबाट उच्च गतिको एफटिटीएच सेवा वितरण शुरु गरेको हो । कम्पनीले एफटिटीएच सेवा बृहत्रुपमा विस्तारका लागि आवश्यक पूर्वाधार निर्माण गरिरहेको छ । परम्परागत कपर नेटवर्कको सट्टामा ग्राहकको घरसम्म अप्टिकल फाइबर पु¥याई आवाज, उच्च गतिको इन्टरनेट, दृश्य सेवा प्रदान गर्न सकिने भएकाले यसलाई प्रभावकारी मानिएको छ ।

ग्राहकमाझ सस्तो तथा सुलभ दरमा एफटिटीएच सेवा उपलब्ध गराउन हाल वर्षाद् योजना (मनसुन अफर) अन्तर्गत विभिन्न प्याकेजका रुपमा सहुलियतपूर्ण महसुलमा सेवा उपलब्ध गराइएको छ । व्यक्तिगत र कर्पोरेट ग्राहकका लागि फरकफरक महसुल दर निर्धारण गरिएको टेलिकमले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि