• होमपेज
  • अर्थ/वाणिज्य
  • मोरङकाे टंकी सिनुुवारीमा सांग्रिला डेभलपमेन्टको नयाँ शाखा

मोरङकाे टंकी सिनुुवारीमा सांग्रिला डेभलपमेन्टको नयाँ शाखा

  • शुक्रबार, साउन १८, २०७५
मोरङकाे टंकी सिनुुवारीमा सांग्रिला डेभलपमेन्टको नयाँ शाखा

साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मोरङको टँकी सिनुुवारीमा आफनो थप नयाँ शाखा सञ्चालन गरेको छ । बैंकले शुक्रवारदेखि उक्त शाखाको विधीवत रुपमा उद्घाटन गरि कारोवार शुभारम्भ गरेको हो ।

उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुुटी गर्भनर चिन्तामणी शिवाकोटी तथा बैंकका अध्यक्ष प्रा.डा. रबीन्द्र प्रसाद श्रेष्ठले संयुुक्त रुपमा गरेका थिए ।

उक्त अवसरमा प्रमुुख अतिथी डेपुुटी गर्भनर शिवाकोटीले बैंकमा पैसा राख्दा रु. ३ लाख सम्मको बीमा गरिदिने र सुुरक्षा समेत हुुने भएकोले बैंक मार्फत कारोवार गर्न स्थानीय बासीन्दालाई आग्रह गरेको बैंकका कामुु प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।

उक्त कार्यक्रमको अध्यक्षता बैंकका अध्यक्ष प्रा.डा. रबीन्द्र प्रसाद श्रेष्ठले गरेका थिए भने स्वागत मन्तब्य बैंकका संस्थापक प्रमुुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले गरेका थिए । यस शाखा शुभारम्भ पश्चात विकास बैंकको कुल शाखा संख्या ५४ पुगेको छ भने अन्य ३३ वटा शाखाहरु  संचालनमा आउने प्रक्रियामा रहेको तथा यसरी नै शाखा विस्तार गर्दै देशभर शाखा संजाल स्थापन गरि सम्पूर्ण नेपालीमा सर्व सुलभ बैंकिङ्ग सुविधा प्रदान गर्ने बैंकको लक्ष्य रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार