• होमपेज
  • अर्थ/वाणिज्य
  • मेगा बैंक र सानिमा लाइफबीच बैंकास्योरेन्स सम्झौता

मेगा बैंक र सानिमा लाइफबीच बैंकास्योरेन्स सम्झौता

  • बिहिबार, साउन १७, २०७५
मेगा बैंक र सानिमा लाइफबीच बैंकास्योरेन्स सम्झौता

मेगा बैंक नेपाल र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ। बैंकको प्रधान कार्यालयमा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र सानिमा लाइफ इन्स्योरेन्सका नायब महाप्रबन्धक केशवराज केसीले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे।

सम्झौता अनुसार, अब बैंकका ग्राहकले देशभरिका शाखाबाट सानिमा लाइफ इन्स्योरेन्सका जुनसुकै जीवन बिमा खरिद गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन्।

Facebook Comments

सम्बन्धित समाचार