• होमपेज
  • अर्थ/वाणिज्य
  • सातै प्रदेशमा प्रादेशिक कार्यालय खोल्दै एनएमबि बैंक

सातै प्रदेशमा प्रादेशिक कार्यालय खोल्दै एनएमबि बैंक

  • बुधबार, साउन १६, २०७५
सातै प्रदेशमा प्रादेशिक कार्यालय खोल्दै एनएमबि बैंक

एनएमबि बैंक लिमिटेडले चालू आर्थिक वर्षमा सात वटै प्रदेशमा प्रादेशिक कार्यालय विस्तार गर्ने योजना बनाएको छ । निजी स्तरबाट संचासिलत यस बैंकले हालसम्म कुनै क्षेत्रीय कार्यालय विस्तार गरेको छैन । यसपालीको मौद्रिक नीतिमा सबै बैंकले सातै प्रदेशमा प्रादेशि कार्यालय स्थापना गर्नुपर्ने व्यवस्था गरिएपछि एनएमबिले प्रादेशिक कार्यालय स्थापनालाई प्राथमिकतामा राख्ने भएको हो ।

एनएमबि बैंकका कुल ११० शाखा संचालनमा छन् । साथमा एटिएम ९६, एक्सटेन्सन काउन्टर ४ वटा र १३ शाखारहित बैंकिङ मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । ७७ जिल्लामध्ये एनएमबि बैंकका शाखा सञ्जालले ४५ वटा जिल्लालाई कभर गरेका छन् । बाँकी ३२ जिल्लामा पनि विस्तारै आफ्नो पहुँच विस्तार गर्दै जाने योजना बैंकको छ ।

एक वर्षमा २८ शाखा थपिए
चालू आर्थिक वर्षका लागि शाखा विस्तारको योजना बनाइ नसकेको एनएमबि बैंकको गत आर्थिक वर्षमा भने २८ वटा शाखा थप गरेको छ । यसबाहेक, बैंकले ३० वटा एटिएम र ७ वटा शाखारहित बैंकिङ समेत संचालनमा ल्याएको छ ।

एनएमबी बैंकका ११० शाखामध्ये १८ वटा शाखा काठमाडौं उपत्यका भित्र छन् भने बाँकी ९२ वटा शाखा उपत्यका बाहिरका विभिन्न स्थानहरुमा रहेका छन् । बैंकको सबैभन्दा धेरै शाखा प्रदेश नं. ३ मा रहेका छन् । यहाँ एनएमबि बैंकका कुल २८ शाखा सञ्चालनमा छन् ।

प्रदेश नं. ६ मा सबैभन्दा कम तीन शाखा मात्रै सञ्चालनमा रहेका छन् । यसबाहेक, प्रदेश नं. १ मा २४ वटा, प्रदेश नं. २ मा १७ वटा शाखा, प्रदेश नं. ४ मा ७ वटा, प्रदेश नं. ५ मा २६ वटा र प्रदेश नं. ७ मा ७ वटा  सञ्चालनमा रहेका छन् । कुल ११० शाखामध्ये,  एनएमबि बैंकको सबैभन्दा बढी कारोबार प्रदेश नं. ३ अन्तर्गत पर्ने काठमाडौं जिल्लाको बबरमहल शाखाबाट भएको छ

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा