• होमपेज
  • फिचर
  • चितवन मिल्क लिमिटेड पुनः सञ्चालनको तयारी

चितवन मिल्क लिमिटेड पुनः सञ्चालनको तयारी

  • बुधबार, साउन १६, २०७५
चितवन मिल्क लिमिटेड पुनः सञ्चालनको तयारी

चितवन मिल्क लिमिटेड पुनः सञ्चालनमा आउने भएको छ ।

नेपालमा धुलो दूध उत्पादन गर्ने उद्देश्यका साथ स्थापना भएको उद्योग भूकम्पपछि २०७२ वैशाखबाट पूर्णरुपमा बन्द रहेको थियो । उद्योगले गत पुस महिनाबाट निजी डेरीको बचेको दूध प्रशोधन गर्दै आएको छ ।

नेपाल डेरी उद्योग संघले आफू मातहतका डेरीमा खपत नभएको दूध उद्योगमा ल्याएर धुलो र नौनी बनाउँदै आएका छन् । उनीहरुले दूध प्रशोधन गरेबापत उद्योगलाई भाडा तिर्ने गरेका छन् । तर उद्योग नियमित सञ्चालन भने हुन सकेको छैन ।

उद्योगका अध्यक्ष राजुबाबु श्रेष्ठले आगामी असोजबाट उद्योग नियमित सञ्चालन गर्ने बताउनुभयो । संघसँग सम्झौताअनुरुप आउने दूधको धुलो उत्पादनसँगै उद्योगले आफ्ना अन्य उत्पादन गर्नेछ । धुलो दुधबाट नियमित उत्पादन शुरु गर्न लागिएको हो । क्रमशः अन्य उत्पादन बढाउँदै लगिने भएको छ ।

सरकारले हाल धुलो दूध आयातमा प्रतिबन्ध लगाएको छ । चितवन मिल्कले उत्पादन गर्ने दुग्धजन्य पदार्थ उपयोग गर्न नेपाल डेरी उद्योग संघ सकारात्मक भएको छ । कम गुणस्तरको भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न कठिन भइरहेको बेला भूकम्पले उपकरण र भवनमा क्षति पु¥याएपछि उद्योग बन्द भएको थियो ।

उद्योगका व्यवस्थापक दुर्गा पराजुलीले उद्योगमा तीन प्रकारको धुलो दूध उत्पादन गर्न सकिने बताउनुभयो । दैनिक एक लाख ५० हजार लिटर दूधको धुलो बनाउने क्षमता उद्योगसँग छ । घ्यू, दही, पनिर र पोका दूध पनि उद्योगले उत्पादन गर्न सक्दछ ।

विसं २०६६ मा आठ बिगाहा क्षेत्रफलमा रु एक अर्बभन्दा बढी लगानीमा भरतपुर महानगरपालिका –१ ठिमुरामा उद्योग स्थापना गरिएको थियो । शुरुका वर्ष दूध नपुगेपछि भारतबाट दैनिक एक लाख लिटरसम्म दूध ल्याएर उद्योगले प्रशोधन गर्ने गरेको थियो । धुलो दूध नेपालमा बिक्री गर्न नसकेपछि घाटामा गएको उद्योग भूकम्पछि पूर्णरुपमा बन्द भयो ।

पराजुलीका अनुसार भारतमा बिक्री नभएको गुणस्तरहीन धुलो दूधसमेत नेपाल भित्रिदा यहाँका उच्च गुणस्तरको दूधले बजार पाउन सकेको थिएन । नेपाल डेरी उद्योग संघका अध्यक्ष अरनिको राजभण्डारीले डेरीसँग बचेको दूध उद्योगलाई भाडा तिरेर धुलो र नौनी उत्पादन गर्दै आएको बताउनुभयो । डेरी उद्योगले बचेको दूधको धुलो उत्पादन थालेपछि दूध बढी भएको समयमा किसानलाई आलोपालो प्रथा (मिल्क होलिडे) गर्न नपरेको संघले जनाएको छ ।

भारतीय धुलो दूध आयात रोकेर नेपालको चितवन मिल्क, दुग्ध विकास संस्थानको विराटनगरमा रहेको उद्योग र सुजल डेरीको पोखरामा रहेको उद्योग नियमित सञ्चालन गर्न सकेमा नेपाल दूधमा आत्मनिर्भर हुने राजभण्डारीको दाबी छ । जसका लागि नेपाली कृषकलाई सरकारले अनुदान दिनुपर्ने कृषक बताउँछन् ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा