आर्थिक वर्ष २०७४÷०७५ को समाप्त भएको दुई साता हुँदासम्म वाणिज्य बैंक ता वित्तिय संस्थाहरुले आफ्नो संस्थाको विवरण प्रकाशित नगरेपछि नेपाल राष्ट्र बैंक कडा रुपमा प्रस्तुत भएको छ ।
राष्ट्र बैंकले वित्तिय विवरण सार्वजनिक नभएको बैंक तथा वित्तिय संस्थाहरुलाई एक विज्ञप्ती जारी गर्दै १५ दिनभित्रमा आफ्नो कम्पनीको विवरण सार्वजनिक गरिसक्न निर्देशन जारी गरेको छ ।
त्रैमास महिना सकिएको १५ दिनभित्रमा कुनै एक राष्ट्रिय स्तरको दैनिक पत्रिकामा अनिवार्य रुपमा प्रकाशित गरी सोको एक प्रति बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरीवेक्षण विभागलाई बुझाउनुपर्ने प्रावधान भएको पनि सो कार्य समयमै नभएको र त्रैमास महिना सकिएको दुई सातासम्ममा २ वटा वाणिज्य बैंक र केही साना वित्तीय संस्थाहरुको मात्रै मात्र गत आर्थिक बर्षको वित्तीय विवरण प्रकाशित गरेकाले ले राष्ट्र बैंकले यस्तो पत्र जारी गरेको हो ।
बैंकको प्रतिक्रिया
गत वर्षकोको भन्दा फरक ढाँचामा वित्तीय विवरण बनाउनु पर्ने भएकोले यस वर्ष अलि ढिलाई भएको बैंकरहरु बताउँछन् । राष्ट्र बैंकले यसले वर्ष अनिवार्य रुपमा नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) अनुरुप वित्तीय विवरण बनाउनुपर्ने निर्देशन दिएको छ । त्यही कारण वित्तीय विवरण प्रकाशनमा ढिलाई भएको सेञ्चुरी बैंकका सीइओले बताए ।