• होमपेज
  • कृषि
  • रोपाईका बेला रासायनिक मलको अभाव

रोपाईका बेला रासायनिक मलको अभाव

  • मङ्लबार, साउन १५, २०७५
रोपाईका बेला रासायनिक मलको अभाव

जिल्लामा धान रोपाइँको क्रम चलिरहेका बेला अहिले रासायनिक मलको अभाव भएको छ । साउनको दोस्रो सातासम्ममा समेत पर्याप्त वर्षा नहँुदा किसान मारमा परेका छन् भने चर्को घाम र प्रचण्ड गर्मीका कारण धानको बीउ सुक्न थालेको छ ।

मोटर, पम्पिङसेटको भरमा अहिले धान रोपाइँ भइरहेको अवस्थामा समयमा पानी नपरेका कारण धान खेतमा धाँजा समेत फाट्ने क्रम बढेको किसानको गुनासो छ । धानबाली लगाउने समय बित्नै लाग्दा यसपालि खडेरी हुने हो कि भनी चिन्ताले सताउन थालेपछि यहाँका किसान चिन्तित देखिएको हनुमानगर कंकालनी नगरपालिका–२ लाल माझीले बताउनुभयो ।

खेत रोप्न नपाएको पीडा खेपिरहेका किसानलाई अहिले मलको अभावले पनि साताएको उहाँको गुनासो थियो । मलखादसमेत नपाउँदा उनीहरुलाई खेती गर्ने कार्य पहाड झैँ लाग्न थालेको अर्का कृषक हरिशंकर विश्वासले बताउनुभयो ।
मलखाद लिने क्रममा पञ्चायती शासनकालदेखि अहिलेसम्म प्रहरीको कुटाइ खानुपर्ने अवस्थामा परिवर्तन नआएको पीडित किसानको गुनासो छ ।

भोट दिएर जिताएका जनप्रतिनिधि पनि किसानको समस्याप्रति गम्भीर नभएको कञ्चनरुप नगरपालिका–१२ का किसान हरि सरदारले बताउनुभयो । वर्षा नभइरहेको अवस्थामा वैकल्पिक माध्यमबाट खेती गर्ने उद्देश्यले मल लिन दैनिक राजविराज धाउँदा धाउँदै थाकिसकेको उहाँले दुःखेसो पोख्नुभयो ।

अर्का कृषक श्यामसुन्दर खड्काले आफ्नो पिडा सुनाउनुभया,े “यहाँ त पैसा तिरेर पनि मल पाउन गाह्रो छ, अब त लाग्छ खेती गर्न नै छाडिदिउँ तर छाडिदिउँ भनेपनि वर्षभरि बालबच्चाको भरणपोषण कसरी गर्ने भनी चिन्ताले सताइरहन्छ ।”
कृषि सामग्री केन्द्र लिमिटेडले सहकारी संस्थामार्फत सप्तरीका किसानलाई रसायनिक मल उपलब्ध गराउँदै आएको छ ।

सुपथ मूल्यमा बिक्री गर्ने भनी लगिएका रसायनिक मल सहकारी संस्थाले मनपरि मूल्य बढाएर बिक्री वितरण गर्ने गरेको उहाँको भनाइ थियो । यति बेला तराई मधेशमा धान रोपाइँ गर्न चटारो रहेको मौकाको फाइदा उठाउँदै सहकारीले डिएपी, युरिया र पोटास मलमा निर्धारित मूल्यभन्दा प्रति बोरामा रु ४०० देखि ६०० सम्म बढी मूल्यमा बिक्री गर्ने गरेको पीडित किसानको आरोप थियो ।

रोपाइँको बेला डिएपी, युरिया र पोटास गरी झण्डै १५ हजार मेट्रिक टन रसायनिक मल आवश्यक भएपनि कृषि सामग्री केन्द्रितले आपूर्ति नगर्दा जिल्लामा रसायनिक मलको अभाव भएको जिल्ला सहकारी संघले जनायो ।

जिल्ला सहकारी संघका प्रबन्धक रमेशकुमार गुप्ताले कृषि सामग्री केन्द्रले पर्याप्त मात्रामा मल उपलब्ध नगराउँदा जिल्लामा हालसम्म दुई हजार मेट्रिक टन रसायनिक मल मात्रै वितरण गर्न सकिएको बताउनुभयो ।

जिल्लास्थित कृषि सामग्री केन्द्र लिमिटेडले शुरुमा डिएपी मल केही अभाव रहे पनि युरिया, डिएपी र पोटास गरी आठ हजार मेट्रिक टन जिल्लाका सहकारीलाई वितरण गरेको दाबी थियो ।

५० प्रतिशत जग्गा बाँझै 
साउनको दोस्रो सातासम्ममा सप्तरीमा ५० प्रतिशत जमीनमा मात्र धान रोपाइँ भएको छ । यस वर्ष शुरुमा मनसुन कमजोर भई पर्याप्त वर्षा नहुँदा र दुई सता अगाडि वर्षासँगै जिल्लाको विभिन्न खोलामा आएको बाढीका कारण खेतीयोग्य जमीन डुबानमा परेकाले पनि जिल्लामा ५० प्रतिशत खेत अझै बाँझो रहेको जिल्ला कृषि विकास कार्यालयले जानाएको छ ।

जिल्लामा उचित सिँचाइको अभावसँगै अकासे पानीको भरमा यहाँ सधैँ हुने खेती असार बितिसक्दासम्म ३५ प्रतिशत मात्र धान रोपाइँ भएको वरिष्ठ कृषि अधिकृत भगीरथ यादवले बताउनुभयो ।

जिल्लामा कूल ७० हजार हेक्टर खेतीयोग्य क्षेत्रफलमध्ये असारको अन्तिमसम्म १७ हजार ५०० हेक्टर जमीनमा मात्र धान रोपाइँ भएको उहाँको भनाइ थियो ।

मुलुककै पुरानो नहरका रुपमा रहेको चन्दर नहर जीर्ण र जिल्लामा रहेको अन्य नहरमा खेतीको समयमा पर्याप्त पानी नआउनाले यहाँ धान रोपाइँमा ढिलाइ हुने गरेको कृषकको गुनासो थियो ।

त्यस्तै कोशी पश्चिमी नहर वितरण प्रणालीको क्षमता १३ हजार ३०० हेक्टरमा सिँचाइ गर्ने रहे पनि छ हजार ६१६ हेक्टरमा मात्र पुगिरहेको छ । अन्य सिँचाइ आयोजनामध्ये ग्रामीण पूर्वाधार विकास कार्यक्रमले तीन हजार ६६५ हेक्टर तथा सेक्टर सिँचाइले दुई ५०० हेक्टरमा मात्र सिँचाइ सुविधा पु¥याइरहेको जिल्ला कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ । (रासस)

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि