• होमपेज
  • कृषि
  • नेपालमा पहिलो पटक रेञ्जर दिवस मनाइयो

नेपालमा पहिलो पटक रेञ्जर दिवस मनाइयो

  • मङ्लबार, साउन १५, २०७५
नेपालमा पहिलो पटक रेञ्जर दिवस मनाइयो

मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि ध्यान केन्द्रित गर्नुपर्नेमा संरक्षणकर्मीले जोड दिएका छन् ।

वन्यजन्तु संरक्षण समूह नेपालको आयोजनामा चितवनको सौराहामा आज मनाइएको पहिलो ‘विश्व रेञ्जर दिवस’का अवसरमा सहभागी संरक्षणकर्मीले चोरी–शिकारका घटना जसरी शून्यमा झारिएको छ, त्यसैगरी मानव वन्यजन्तु द्वन्द्वलाई पनि न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

वन तथा वातावरण मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि संरक्षणकर्मी समुदाय तथा सम्बद्ध संघसंस्थाहरुको सक्रिय सहभागिता हुनुपर्ने बताउनुभयो ।

प्रदेश नं ३ का प्रदेशसभा सदस्य कृष्ण भुर्तेलले द्वन्द्व न्यूनीकरण गर्न राज्यले क्षति बेहोर्ने समुदायलाई उचित सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।
चितवनको मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष वासु ढुंगानाले मानव वन्यजन्तु द्वन्द्व चोरी शिकार नियन्त्रण भए झैँ नियन्त्रण होस् भन्ने चाहना समुदायको रहेको भन्दै जनताको आवश्यकता पूर्ति गर्दै वातावरण मैत्री कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो ।

बर्दिया राष्ट्रिय निकुञ्जका पूर्व संरक्षण अधिकृत रमेश थापाले वन्यजन्तुबाट बालीनालीमा हुने क्षतिको उचित सम्बोधन भए द्वन्द्व आफैँ कम भएर जाने विचार राख्नुभयो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सहायक व्यवस्थापन अधिकृत विष्णु थपलियाले भावी दिनलाई ख्यालमा राखेर समस्याको पहिचान गर्दै संरक्षण चुस्त पार्नुपर्नेमा जोड दिनुभयो ।

थपलियाका अनुसार सन् १९९२ मा विश्वका ५० देशका ९० रेञ्जरको सहभागितामा बेलायतमा भएको भेलाले रेञ्जर दिवस मनाउन थालेको हो । सन् २००९ को रेञ्जरहरुको नवौँ विश्व काँग्रेस चितवनको सौराहामा गर्ने निर्णय भएको थियो । सो सम्मेलनमा विश्वभरिबाट पाँचदेखि ७०० रेञ्जस सहभागी हुनेछन् ।

विश्व वन्यजन्तु कोषका निर्देशक शिवराज भट्टले राज्यको नीति नियमअनुसार संरक्षण कार्यमा कोषले योगदान गर्दै आएको उल्लेख गर्नुभयो ।
देशभरका करीब १०० जना संरक्षणकर्मीको सहभागितामा आयोजित पहिलो रेञ्जर दिवस मनाउने क्रममा आज चितवनको सौराहामा संरक्षणसम्बन्धी प्लेकार्डसहित प्रभातिफेरी निकालिएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि