• होमपेज
  • अर्थ/वाणिज्य
  • मुक्तिनाथ विकास बैंकले कमायो ५७ करोडमाथि

मुक्तिनाथ विकास बैंकले कमायो ५७ करोडमाथि

  • मङ्लबार, साउन १५, २०७५
मुक्तिनाथ विकास बैंकले कमायो ५७ करोडमाथि

मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमास सम्ममा आईपुग्दा खुद नाफा ५७ करोड ५४ लाख रुपैयाँ गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८ दशमलव १८ प्रतिशतले वृद्धि गरेको हो । बैंकले अघिल्लो वर्ष मुनाफा ४८ करोड ६९ लाख रुपैयाँ कमाएको थियो ।

२ अर्ब ५९ करोड १७ लाख रुपैयाँ चुक्ता पुँजी भएको मुक्तिनाथ विकास बैंकले जगेडा कोषमा ९४ करोड ७९ लाख रुपैयाँ छुटाएको छ । निक्षेपमा ३० अर्ब ३५ करोड ४८ लाख रुपैयाँ संकलन गरी कर्जामा २५ अर्ब २६ करोड रुपैयाँ लगानी गरेको छ । जुन कर्जामा गत वर्षको तुलनाभन्दा ६४ दशमलव ९२ प्रतिशतले वृद्धि गरेको हो ।

बैंकको खुद ब्याज आम्दानी २२ दशमलव ०१ प्रतिशतले वृद्धि गरी १ अर्ब २५ करोड ८१ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा २१ दशमलव ८४ प्रतिशतले वृद्धि गरी ८८ करोड ७८ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा १३ करोड ८३ लाख रुपैयाँ राखेको छ भने खराब कर्जा ५८ लाख रुपैयाँ उठाएको छ ।

मुक्तिनाथ विकास बैंकको (MNBBL) निष्कृय कर्जा शून्य दशमलव ००४४ प्रतिशत, पुँजी कोषको अनुपात १४ दशमलव २५ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक २२ दशमलव २० रुपैयाँ, मूल्य आम्दानीको अनुपात वार्षिक १७ दशमलव ०३ गुणा, प्रतिशेयर नेटवर्थ १३६ दशमलव ५७ रुपैयाँ र तरलता अनुपात २८ दशमलव ७२ प्रतिशत रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि