• होमपेज
  • बीमा
  • सिभिल बैंक र रिलायबल लाईफ इन्स्योरेन्सबीच सम्झौता

सिभिल बैंक र रिलायबल लाईफ इन्स्योरेन्सबीच सम्झौता

  • मङ्लबार, साउन ८, २०७५
सिभिल बैंक र रिलायबल लाईफ इन्स्योरेन्सबीच सम्झौता

सिभिल बैंकले जीवन बीमा सेवालाई विस्तार गर्ने उद्देश्यले रिलायबल नेपाल लाईफ इन्स्योरेन्सँंग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र रिलायबल नेपाल लाईफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले हस्ताक्षर गरेका छन् ।

सम्झौता पछि सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले रिलायबल नेपाल लाईफ इन्स्योरेन्सका जीवन बीमा सेवालाई बिना झन्झट सिभिल बैंकका देशभर छरिएका ६८ शाखाहरु मार्पmत उपलब्ध गरी ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बताए ।

रिलायबल नेपाल लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले देशका ग्रामीण भेगलाई बिशेष ध्यानमा राखी बिभिन्न जीवन बीमाका योजनाहरु कम्पनीले ल्याएको बताए ।

सिभिलले यस अघि पनि जीवन बीमा कम्पनिहरु मेटलाइफ र एल.आई.सी. नेपाल तथा थुप्रै निर्जीवन वीमा कम्पनिहरुसँग सम्झौता गरी जीवन बीमा तथा निर्जीवन बीमा सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार