• होमपेज
  • अर्थ/वाणिज्य
  • लक्ष्मी बैंकको पाचँ नयाँ शाखा

लक्ष्मी बैंकको पाचँ नयाँ शाखा

  • मङ्लबार, साउन ८, २०७५
लक्ष्मी बैंकको पाचँ नयाँ शाखा

लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा सोलुखुम्बुको थुलुङ्ग दुधकोसि, ताप्लेजुङ्गको पाथीभारा याङ्गवारक गाउँपालीका र सिधिङ्गवा गाउँपालीका, सुर्खेतको चौकुने र रुकुमको बाँफीकोटमा आफ्नो ५ नयाँशाखा संचालनमा ल्याएकोे छ ।

यस नयाँ शाखाको साथ, लक्ष्मी बैंकको शाखा संजाल ९४, ४६ जिल्ला, ३ हस्पिटल सेवा काउन्टर, १०४ ए टि एम, २५०० भन्दा बढि रेमिटेन्स्, ५१ शाखा रहित बैंकिङ्ग र ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवाअझ सुदृढ र व्यापक बनाउने विश्वास राखेको छ ।

यस शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रादन गरी शहरी तथाअर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

आ.व. २०७३÷७४मारु. ५९.३२ अरब निक्षेप र रु. ५२.७३ अरब कर्जा पुर्याएको यस बैंकको वासलातको आकार रु.७०.९० अरब रहेको छ । सोहि आ.व.मा बैंकले १०० करोडको हाराहारीमा खुद मुनाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७ प्रतिशतले बढी हो । यसका साथ साथै संपूर्ण वित्तीय सूचकहरु नियामक व्यवस्था अनुरुपनै राम्रो अवस्थामा रहनुका साथै भविष्यको लागि उत्साहजनक रुपमा रहेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार