• होमपेज
  • पर्यटन
  • चौदण्डीगढी पर्यटकीय गन्तव्य बन्दै

चौदण्डीगढी पर्यटकीय गन्तव्य बन्दै

  • सोमवार, साउन ७, २०७५
चौदण्डीगढी पर्यटकीय गन्तव्य बन्दै

चौदण्डी नगरपालिकाको पहाडी क्षेत्रमा अवस्थित चौदण्डीगढी पर्यटकीय गन्तव्य बन्दै गएको छ ।

तीन वर्षयता चौदण्डीगढीलाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने लक्ष्य गरी अभियान थालिएको छ । चौदण्डीगढी पर्यटन विकास समितिका संयोजक रोहित तामाङका अनुसार यहाँ विकास गर्न शहरी विकास मन्त्रालयमार्फत भ्यू टावर निर्माण गरिँदैआएको छ ।

चौदण्डीगढीमा सडक पुगेको छ । विद्युत् र खानेपानीजस्ता पूर्वाधारको समस्या छ । यसका लागि चौदण्डी नगरपालिकाले रु ३० लाख बजेट विनियोजन गरेको छ । विद्युत् व्यवस्थापनको काम तीव्र रुपमा अगाडि बढाएको चौदण्डी नगरपालिकाका प्रमुख खगेन्द्रकुमार राई बताउनुहुन्छ ।

खानेपानी व्यवस्थापनका लागि नगरपालिकाको पहलमा प्रदेश नं १ सरकारले रु ९० लाख बजेट विनियोजन गरेको छ । बाँकी नगरपालिकाकै बजेटमा एक वर्षभित्र खानेपानीको व्यवस्था गरिने राई बताउनुहुन्छ ।

सेन राजाहरुको दरबारको भग्नावशेष तथा बिसासय कूल देवीको मन्दिरको जीर्णोद्धार गरेर सुरक्षित घेरबार गरी पुरातात्विक महत्वका वस्तुको संरक्षणको काम तीव्र रुपमा भइरहेको छ । चौदण्डीमा चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारदेखि सिधै चौदण्डीगढीसम्म केवलकार जोडेर सुनकोशीको रानीटारसम्म झार्ने लक्ष्य गरी अहिले निजी कम्पनीसँग सहकार्यको प्रयास भइरहेको नगर प्रमुख राईले बताउनुभयो ।

यस्तै सुनकोशीको रानीटारमा जलयात्राका लागि पूर्वाधार पूर्णरुपमा तयार भइसकेको छ । बेल्टार बजार हुँदै चौदण्डीसम्म घुमेर सुनकोशीको रानीटारसम्म जलयात्रा गर्नका लागि सुनकोशीसम्म नै केवलकारसमेत जोडिन लागेपछि चौदण्डीगढी पर्यटनस्थलका रुपमा विकसित हुन थालेको समाजसेवी विष्णु कोइराला बताउनुहुन्छ ।

चौदण्डी घुम्न आउने पर्यटकका लागि गेष्टहाउस तथा होटल व्यवस्थापनको काम नगरपालिका र चौदण्डी पर्यटन विकास समितिको अगुवाइमा भइरहेको छ । चौदण्डीगढी १८२६ देखि उदयसेन, लोहाङ सेन र हेमदत्त सेनजस्ता सेनवंशी राजाले राज्य गरेको ऐतिहासिक थलोका रुपमा चिनिन्छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने