नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. र गुराँश लाईफ इन्स्योरेन्स क. लि.बीच बैंकास्योरेन्स सम्झौंता भएको छ । उक्त सम्झौता मार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे सोमबार एक समारोहकाबीच भएको हो ।
सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट गुराँश लाईफ इन्स्योरेन्स क. लि. को पोलिसी बिक्री गर्न सकिने जनाइएको छ ।
सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र गुराँश लाईफ इन्स्योरेन्स क. लि.का तर्फ वाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।