• होमपेज
  • फिचर
  • विद्युतीय कारोबारको सीमा बृद्धि

विद्युतीय कारोबारको सीमा बृद्धि

  • बुधबार, साउन २, २०७५
विद्युतीय कारोबारको सीमा बृद्धि

निर्मल धिताल । नेपालको बैंक तथा वित्तिय क्षेत्रको नियमक निकाय नेपाल राष्ट्र बैंकले डिजिटल कारोबारको सीमामा फेरी हेरफेर गरेकोे छ । विद्युतीय कारोबारमा प्रयोग हुने मोबाइल बैंकिङ्ग, डेविट÷क्रेडिट कार्ड, तथा अनलाइन बैंकिङ्गमा नेपाल राष्ट्र बैंकले केही समय अघि पचासहजार सम्म कारोबार गर्न पाउने भनी सीमा तोकेको थियो भने अहिले फेरी यसलाई बढाएर एक लाख पु¥याएको छ ।  नेपालमा शेयर कारोबारको अनलाइनबाट सुरु भएसँगैे विद्युतीय कारोबारको सीमा बढाएको राष्ट्र बैंकल बताएको छ ।

राष्ट्र बैंकले विद्युतीय कारोबारको सीमा बढाएपछि सेयर बजारका लगानीकर्तालाई सहज हुने देखिएको छ । राष्ट्र बैंकका अनुसार प्रिपेड कार्ड जारी गर्दा एक पटकमा एक लाख रुपैयाँसम्म जारी गर्न पाइने छ ।

कार्डबाट बढीमा २५ हजार रुपैयाँ मात्र झिक्न पाइने व्यवस्था रहेको छ । डेबिट कार्डबाट एक पटकमा अधिकतम २५ हजार रुपैयाँ र दिनभरमा एक लाख रुपैयाँ मात्र झिक्न पाइने राष्ट्र बैंकको नयाँ व्यवस्थामा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार क्रेडिट कार्डबाट नगद कारोबार गर्न नपाइने भएपनि ग्राहकलाई अत्यावश्यक भएको अवस्थामा क्रेडिट कार्डको स्वीकृ सीमाको अधिकतम २५ प्रतिशतसम्म मात्रै रकम झिक्न पाइने व्यवस्था गरेको छ ।

क्रेडिट कार्डबाट नगद कारोबार गरी कार्डबाट प्रयोग भएको रकम भुक्तानी गर्ने समय समाप्त नहुँदै कार्डमा भएको रकमको सीमा समाप्त भएको अवस्थामा यस्तो रकम बैंकमा जम्मा गरी समयावधी अगावै २५ प्रतिशत रकम झिक्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

यस्तो सीमा पहिले २० प्रतिशत थियो । त्यसैगरी, इन्टरनेटको माध्यमबाट बैंक तथा वित्तीय संस्थाको खातामा ट्रान्सफर गर्दा एक पटकमा अधिकतमा एक लाख रुपैँया र मासिक रुपमा दश लाख रुपैयाँसम्म ट्रान्सफर गर्न पाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

इन्टरनेट बैंकिङ्गकै माध्यमबाट दैनिक एक लाख रुपैयाँ तथा मासिक पाँच लाख रुपैयाँसम्म भूक्तानी गर्न पाइने राष्ट्र बैंकको नयाँ व्यवस्थामा उल्लेख छ । मोबाइल बैंकिङबाट एक पटकमा ५ हजार रुपैयाँ र दिनभरमा १५ हजार रुपैँयासम्म मात्रै भुक्तानी गर्न पाइने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले जारीको निर्देशन पालना नगर्ने बैंक तथा वित्तिय संस्थाहरुले राष्ट्र बैंक ऐन २०५८ को दफा ९९ र १०० भुक्तानी तथा फछ्र्योट विनियमावली,२०७२ को विनियम ५० बमोजिम बारवाही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार