• होमपेज
  • अर्थ/वाणिज्य
  • ज्योति विकास र हाम्रो विकास बैंक बीच एक्विजिसन सम्बन्धी

ज्योति विकास र हाम्रो विकास बैंक बीच एक्विजिसन सम्बन्धी

  • सोमवार, असार ३२, २०७५
ज्योति विकास र हाम्रो विकास बैंक बीच एक्विजिसन सम्बन्धी

ज्योति विकास बैंक लिमिटेडले क्षेत्रिय स्तरको हाम्रो विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने सम्झौता गरेको भएको छ । राष्ट्रिय स्तरको विकास बैंकको रुपमा कार्यरत ज्योति विकास बैंकले नुवाकोट जिल्लामा कार्यक्षेत्र रहेको हाम्रो विकास बैंक लिमिटेडलाई प्राप्ती गर्ने भएको छ ।

ज्योति विकास बैंकको केन्द्रिय कार्यालय कमलादीमा बैंकका तर्फबाट संचालक समितिका अध्यक्ष हरि चन्द्र खड्का तथा हाम्रो विकास बैंकका तर्फबाट संचालक समितिका अध्यक्ष हरी प्रसादले सम्झौतामा हस्ताक्षर भएको हो । शेयर स्वाप अनुपात हाम्रो विकास बैंकको DDA पश्चात आउने मूल्यलाई आधार मानी तय गरिने छ ।

ज्योति विकास बैंकको हालको चुक्ता पुंजी रु. २ अर्ब ५९ करोड ३६ लाख रहेको रहेको छ । त्यस्तै हाम्रो विकास बैंकको चुक्ता पुंजी रु ४९ कराड २२ लाख रहेको छ ।

साथै हाम्रो विकास बैकको प्राप्ती पछि ज्योति विकास बैंकको कुल निक्षेप रकम करिब रु २०.५० अर्ब, कर्जा रकम करिब रु १७.५० अर्ब नाघ्ने छ साथै शाखा संजाल ६७ पुग्नेछ । ज्योति विकास बैंकले यस अघि झिमु्रक विकास बैंकसंग मर्जर र राप्तिभेरि विकास बैंकसंग प्राप्ती प्रक्रिया सम्पन्न गरी एकिकृत रुपमा कार्य संचालन गरी सकेको छ ।

Facebook Comments

सम्बन्धित समाचार