• होमपेज
  • अर्थ/वाणिज्य
  • मेगा बैंकमा नयाँ संचालक समिति, अध्यक्षमा पुनः शाह

मेगा बैंकमा नयाँ संचालक समिति, अध्यक्षमा पुनः शाह

  • शनिबार, असार ३०, २०७५
मेगा बैंकमा नयाँ संचालक समिति, अध्यक्षमा पुनः शाह

मेगा बैंक नेपाल लिमिटेडको सातौं साधारण सभाले नयाँ संचालक समिति चयन गरेको छ । मेगा बैंकको राति काठमाडौँ सम्पन्न साधारण सभाले आगामी चार बर्षका लागि ६ सदस्यीय नयाँ संचालक समिति चयन गरेको हो ।

साधारणसभाबाट संस्थापक शेयरधनीका तर्फबाट गोपाल खनाल, मदनकुमार आचार्य र भोजबहादुर शाह चयन भएका छन् । यसैगरी, सर्वसाधारण शेयरधनीका तर्फबाट मुक्तिराम पाण्डे, बालकृष्ण शिवाकोटी र इन्द्रबहादुर मल्ल ठकुरी निर्वाचित भएका छन् ।

सञ्चालक मध्येबाट सर्वसम्मत रुपमा भोजबहादुर शाहलाई पुनः अध्यक्षमा चयन गरिएको छ । बैंकको अध्यक्षमा पुनः निर्वाचित भएपछि शाहले छोटो समयमै मेगा बैंक नेपालको अग्रणी बैंक बन्न सफल भएकोमा आफूलाई गर्व लागेको बताए । ग्राहक र शेयरधनीले मेगा बैंकप्रति देखाएको विश्वासप्रति धन्यवाद व्यक्त गर्दै उनले मेगा बैंकलाई अझै सुविधा सम्पन्न र बैंकिङ सुविधाबाट बञ्चित विपन्नवर्गको पहुँचमा पुर्याउने बताए ।

यसैगरी, मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले अब मेगा बैंकले रफ्तार लिने बताइन् । मेगा बैंकले छोटो समयमै ग्राहकहरुको विश्वास आर्जन गर्न सफल भएको भन्दै उनले आकर्षक सुविधाहरुसहित मेगा बैंकलाई नयाँ ढंगले अघि बढाउने बताइन् ।

Facebook Comments

सम्बन्धित समाचार