लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा सिन्धुपाल्चोकको लिसानखुपखर, दार्चुलाको लेकम, र सप्तरीको बलान बिहुलमा आफ्नो नयाँशाखा संचालनमा ल्याएकोे छ ।
यस नयाँ शाखाको साथ, लक्ष्मी बैंकको ४५ जिल्लामा, ३ हस्पिटल सेवा काउन्टर, ८९ शाखा संजाल, १०४ ए टि एम, २५०० भन्दा बढि रेमिटेन्स्, ५१ शाखा रहित बैंकिङ्ग र ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ ।
यस शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहकहरुलाई अझ सशक्त पार्ने बैंकले विश्वास लिएको छ ।