एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले १५० प्रतिशतको हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले मंगलबार बसेको संचालक सतितिको बैठकले १ बराबर १ दशमलव ५ को अनुपातमा हकप्रद निष्काशन गर्ने भएको छ । हकप्रद शेयर जारी गर्दा हुन आउने भिन्न अंकलाई शेयर संरचना यथावत कायम रहने गरी नजिकको पूर्ण अंकमा जारी गर्न साधारणसभा समक्ष विशेष प्रस्वात गरेको हो ।
हाल १४ करोड ८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको एनएमबि माइक्रोफाइनान्सले १५० प्रतिशत हकप्रद निष्काशनपछि ३५ करोड २१ लाख रुपैयाँ पुर्याउने छ ।