निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली मार्फत जीवन तथा निर्जीवन वीमा सेवादिने अभिप्रायले विभिन्न बीमा कम्पनीहरुसँग बैंकास्योरेन्स सम्झौता गर्दै आएको जनता बैंक नेपाल लिमिटेडले सोमबार प्रुडेन्सियल इन्स्योरेन्ससँग पनि सम्झौता गरेको छ ।
जनता बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत परशुरामकुँवर क्षेत्री र प्रसडेन्सीयल इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बि.के. महर्जनले बैंकास्योरेन्स सेबा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।
यस सम्झौता पश्चात ग्राहकहरुले जनता बैंकको देशभरी रहेका सबै ११९ शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा प्रुडेन्सियल इन्स्योरेन्सको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।
जनता बैंकले हाल देशभरी ११९ शाखा, ४० शाखारहित बैंकिङ्ग इकाई, २ सिमित बैंकिङ्ग इकाई, २ एक्स्टेन्सन काउन्टर र ६९ एटिएमबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।